कोरोनाका कारण चीनले चासो देखाएन, भारतले माग्यो रेलमार्ग निर्माणको डीपीआर बनाउन अनुमति

१ असोज, काठमाडौं । नेपालसँग अन्तरदेशीय रेलमार्ग निर्माणमा चासो देखाएका दुई छिमेकीमध्ये भारतले काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपाल सरकारसँग अनुमति मागेको छ । चीनले भने नेपालभित्र पर्ने सम्भावित रूटमा कोरोना संक्रमण कम भएपछि अध्ययन गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अहिले भारतलाई डीपीआर बनाउन अनुमति दिने तयारी भइरहेको छ भने चीनसँग रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउन तत्काल कुनै छलफल भएको छैन ।

कोरोना संक्रमणको जोखिम कायमै रहँदा चीनले नेपालभित्र पर्ने रूटको स्थलगत अध्ययन अघि बढाउन सकेको छैन । यद्यपि उसले गत साउन दोस्रो साताबाट आफ्नो देशभित्र पर्ने सिगात्सेदेखि केरुङसम्मको रूट सर्वेक्षणको काम भने शुरू गरेको छ ।

भदौ दोस्रो साता अर्थ मन्त्रालय र चीनको चाइना इन्टरनेशनल डेभलपमेन्ट कर्पोरेशन एजेन्सी ९सीआईडीसीए० बीच भएको भर्चुअल छलफलमा नेपाल–चीन जोड्ने क्रशबोर्डर रेलवे, टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेंशी सुरुङमार्गलगायत पाइपलाइन योजनामा कोरोना संक्रमण कम भएपछि काम अघि बढाउन सहमति जुटेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देल भारतले केही साताअघि काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर अध्ययनका लागि अनुरोध गरेअनुसार अनुमति दिने तयारी भइरहेको बताउँछन् ।

‘त्यसका लागि अहिले गृह, परराष्ट्र मन्त्रालयसँग अनुमति दिन आग्रह गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…