भारतलाई १० करोड डोज कोरोना खोप बेच्दै रुस

काठमाडौं । रुसको सोभरेनवेल्थ फण्डले भारतमा १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपूर्ति गर्ने सम्झौता गरेको छ ।

रुसले कोरोना भाइरसविरुद्धको पहिलो खोप दाबी गरेको स्पुतनिक भी भारतीय औषधि कम्पनी डाक्टर रेड्डिज ल्याबरेटरिजलाई फण्डले आपूर्ति गर्न लागेको हो ।

पछिल्लो समय आफ्नो खोपको वितरण विश्वभर विस्तार गर्ने दिशामा अघि बढिरहेको रुसले बुधबार यस्तो जानकारी दिएको हो ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय कम्पनीको बीचमा भारतमा ३० करोड डोज खोप उत्पादनको सम्झौता भएसँगै भारतलाई १० करोड डोज खोप दिने सम्झौता भएको हो । रुसका लागि भारत तेल तथा सैन्य सामग्रीको प्रमुख खरिदकर्ता मुलुक हो ।

आरडीआईएफका अनुसार भारतको रेड्डिज ल्याबरेटरिजले स्पुतनिक भीको तेस्रो चरणको क्लिनिकल परीक्षण भारतमा पनि गर्नेछ । भारतमा कोरोना खोपको आपूर्ति सन् २०२० को अन्तिमबाट सुरु हुन सक्ने आरडीआईएफले बताएको छ ।

अहिले भारतमा कोरोना भाइरसका ५० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् भने ८२ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

यसअघि नै आरडीआईएफले काजाकिस्तान, ब्राजिल र मेक्सिकोसँग खोप आपूर्तिको सम्झौता गरिसकेको छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको घोषणा गर्ने पहिलो मुलुक हो । यद्यपि अझैसम्म पनि खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण भने सकिएको छैन ।

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…