चिनियाँ एप ब्याण्ड गरेको भारतले टिकटक जस्तै नँया एप ल्याउँदै

यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ । यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ ।

भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो। त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए ।

यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यूट्यूबको उत्पादन व्यवस्थापनतर्फका उपाध्यक्ष क्रिस जफीले एउटा ब्लगमा सर्ट्सको काम मोबाइल फोन मात्रै प्रयोग गरेर मानिसहरूलाई लोभ्याउने छोटा भिडिओ खिच्न खोज्ने सर्जक र कलाकारहरूका लागि भएको जनाएका छन् ।

उक्त नयाँ एपमा भिडियो क्लिपहरूलाई जोड्न सकिने, गति नियन्त्रण गर्न सकिने, समय तोकेर हातको प्रयोगबिना रेकर्ड गर्न सकिने जस्ता विविध सुविधा छन् ।

सर्ट्सले सङ्गीतको प्रयोग गरेर वा गीतको सङ्ग्रहबाट तिनको प्रयोग गर्ने विकल्प दिन्छ । सर्ट्स थप परिस्कृत भएर नयाँ सुविधाहरू थपिएपछि त्यो अन्य देशका बजारमा पनि विस्तार गरिने जफीले बताएका छन् ।

यूट्यूबको यो एप त्यस्तो बेला आएको छ जतिखेर अमेरिकी प्रविधि कम्पनी ओरकलले टिकटकको निर्माता बाईटडान्सलाई अमेरिकामा आफू विश्वासिलो प्रविधि साझेदार हुन भनेर औपचारिक रूपमा प्रस्ताव गरेको छ । त्यस्तो कदमको उद्देश्य

राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाका कारण देखाउँदै टिकटकलाई अमेरिकामा बन्द गर्न दिएको चेतावनी छल्नु रहेको छ। ट्रम्प र भारत सरकार दुवैले पछिल्लो व्यवस्थाअन्तर्गत टिकटकमा हुने प्रयोगकर्ताका विवरणमा चीन सरकारको पहुँचमा हुनसक्ने बताउँदै आएका छन् ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…