अब नेकपामा गुटकाे भेलादेखि सामाजिक सञ्जालमा लेख्नसम्म रोक

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले भविष्यमा गल्ती, कमीकमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी स्थायी कमिटीको बैठकको निर्णयअनुसार अब पार्टी विवादलाई कटुतापूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने काम कसैले गर्न पाइने छैन ।

स्थायी कमिटीले पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट गुटका अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासलाई कडाइकका साथ नियन्त्रण गर्ने निर्णय गरेको छ ।

दुई अध्यक्षले जारी गरेको निर्देशामा पार्टीलाई अनुसाशित र मर्यादित तुल्याउने प्रण गरिएको छ । पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावि लेख्न पनि नपाइने निर्देशन पनि जारी गरिएको छ ।

पार्टी हितविपरित गतिविधि गर्ने प्रवृतिलाई कडाइका साथ रोक्न जिम्मेवार सम्बद्ध सबैलाई निर्देशित गरिएको छ ।

पार्टी स्थायी कमिटीको बैठकको निर्णय जारी गर्दै विभिन्न सन्दर्भमा नेतृत्व तहबाटै पनि गम्भीर गल्ती, कमीकमजोरी हुन पुगेकाले अब यस्ता कमीकमजोरी नहुने प्रण गरिएको छ ।

‘संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृति झाँगिर्दै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहिनता फैलिदैं गयो । पार्टी भित्रका अन्तरविरोधलाई समाधान गर्न नसक्दा आन्तरिक एकता कमजोर भएको छ,’ निर्देशनमा भनिएको छ ।

अध्यक्षद्वयले सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमीकमजोरीप्रति आत्मसमीक्षा र आत्मालोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरी दोहोरिन नदिन निर्देशित गरेका छन् ।

सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न पनि भनिएको छ ।

आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न परिपत्रमा भनिएको छ ।

बैठक चल्दै गर्दा हामी यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छौं वा सक्तैंनौं ? पार्टीको एकता अक्षुण्ण रहन्छ वा रहँदैन ? भन्नेसम्मको अवस्था उत्पन्न भएको स्वीकारिएको छ ।

निर्देशनमा पार्टीमा विग्रह र विभाजनको अपेक्षा गरेका देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू उत्साहित हुने र पार्टीका नेता, कार्यकर्ता, सदस्य तथा आम नेपाली जनता निराश हुनेसम्मको अवस्था देखा परेको परिस्थिति बनेको बताइएको छ ।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…