इरान–चीन सुरक्षा सम्झौता : पश्चिमको मुटुमा ढ्यांग्रो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हल्लीखल्ली

जनगणतन्त्र चीन र इस्लामिक गणतन्त्र इरानबीच आर्थिक तथा सुरक्षा सम्झौताको मस्यौदा द न्युयोर्क टाइम्सले चुहाएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हल्लीखल्ली मच्चिएको छ ।

कुल १८ पृष्ठ लामो पारसी भाषाको दस्तावेजमा इरानी अर्थतन्त्र उकास्न अर्बौं डलरको चिनियाँ लगानी तथा चीनका लागि तेलको मूल्य छुटको प्रावधान छ । सहमतिमा सुरक्षा सहकार्य, गोप्य सूचना आदानप्रदान तथा संयुक्त सैन्य अभ्यास पनि रहेको छ ।

लीकका विषयमा टिप्पणी गर्दै इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद जरिफले आफ्नो देशले चीनसँग २५ वर्षको रणनीतिक साझेदारी गरेको बताए अनि यसलाई संसद्ले पारित गर्न बाँकी रहेको बताए । तेहरानले द न्युयोर्क टाइम्समा प्रकाशित दस्तावेजको पुष्टि गरिसकेको छैन ।

चीन र इरानबीच हुने दीर्घकालीन सम्झौताका विषयमा अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूको मिश्रित प्रतिक्रिया आएको छ । फरेन पोलिसी पत्रिकाले यो पश्चिमका लागि नराम्रो खबर भएको भनेका छ अनि पश्चिम एसिया र एसियामा भूराजनीतिक परिवर्तन आउने बताएको छ । चीनले रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ ।

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले इरानमा चीनको प्रवेशले पश्चिम एसियालाई अस्थिर बनाउने अनि इजरायल, साउदी अरब तथा यूएईलाई जोखिममा पार्ने बताए ।

पश्चिमको मूलधारे सञ्चारमाध्यम र सरकारहरूले चीन इरान सम्झौताको विरोध गर्नु कुनै आश्चर्यको कुरा हैन । यस सम्झौताले इरान अब पश्चिमलाई छोडेर पूर्वतिर लागेको भनी वरिष्ठ पत्रकार तथा इरानी राजनीतिक विश्लेषक माहान आबेदीनले बताए ।

‘१५० वर्षभन्दा बढी समयदेखि इरानले पश्चिम, विशेषगरी युरोप, सँग व्यापार, लगानी र शिक्षाका लागि सम्पर्क राखेको थियो । सन् १९७९ मा भएको इस्लामिक क्रान्तिले पनि यस प्रक्रियालाई रोकेन अनि विगत चार दशकयता इरानका नीतिनिर्माताहरूले पश्चिमसँग सम्बन्ध गहिरो बनाउनु सही हो कि हैन भनी बहस गरिरहेका छन् । तर आणविक सम्झौता विफल भएपछि अनि अमेरिकाले थर्काउँदा पनि प्रतिकार गर्न युरोप विफल भएकाले इरानमा पश्चिमप्रतिको सम्मान गुमेको छ ।’

तेहरान र बेइजिङले सुरक्षा सहकार्यलाई घनीभूत बनाउन चासो देखाएको आबेदीन बताउँछन् । चीनले पर्सियन खाडीमा रहेका इरानी टापुहरूमा सैन्य बल तैनाथ गर्ने भनी पश्चिमी सञ्चारमाध्यमले गरेको अनुमानलाई उनले बकवास भनेका छन् । ‘संवैधानिक, ऐतिहासिक, राजनीतिक तथा विचारधारात्मक कारणले गर्दा इरानले आफ्नो भूमिमा विदेशी फौज कहिले पनि स्वीकार गर्ने छैन,’ उनी जोड दिन्छन् ।

वाशिङटनले इरानविरुद्ध लगाएको एकपक्षीय प्रतिबन्ध अनि ट्रम्प प्रशासनको अधिकतम दबाब नीति विफल भएको आबेदीनले बताए ।

इरान पुनरुत्थानशील मुलुक हो र उसको परराष्ट्रनीति विस्तृत छ,’ आबेदीनले बताए । ‘इरान गत चार दशकदेखि प्रतिबन्ध सामना गरिरहेको छ । त्यसैले उसलाई प्रतिबन्ध कसरी छल्ने र परास्त गर्ने भन्ने ज्ञान छ । अनि इरानी अर्थतन्त्र सोचेको भन्दा जटिल र आत्मनिर्भर छ । अर्थात् इरानको आर्थिक अडिगपनाले उसलाई कच्चा तेल नबेचिकनै बाँच्न समर्थ बनाएको छ ।’

इरानले अमेरिकाको एकपक्षीय नियन्त्रणलाई खुला चुनौती दिँदै भेनेजुएलालाई तेल, खाद्यान्न, औषधि र पाटपुर्जा उपलब्ध गराएको छ । जुलाई महिनामा इरानीहरूले भेनेजुएलाको राजधानी काराकासमा मेगासिस नामक खाद्यान्न पसल समेत खोलेका छन् ।

अनि अगस्ट महिनामा अमेरिकाले इरानमाथि हतियार बिक्रीको प्रतिबन्ध बढाउन खोज्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले त्यसलाई बहुमतले अस्वीकार गरिदिएको थियो ।

आबेदीनका अनुसार, चीन र इरानको सम्झौताले इरानको वैश्विक नीतिमा व्यापक असर पार्ने र इरानले अमेरिकी दबाबको कम त्रास बेहोर्नुपर्ने हुन्छ ।

यो रणनीतिक साझेदारी इरानको राष्ट्रिय स्वार्थअनुकूल रुहेको र यसले देशको राष्ट्रिय सुरक्षालाई जोगाउने आबेदीनको निष्कर्ष छ ।

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…