कुलमानको चारवर्षे कार्यकाल : पदले होइन कामले रच्छ इतिहास

मुलुकका अर्थमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक एक साताका बीचमा फरकफरक शैलीमा बिदा भए। उच्च पद समालेका अर्थमन्त्री युवराज खतिवडा र प्रमुख आयुक्त नविन घिमिरेलाई मुलुकको विकास र सुशासनका लागि फड्को मार्ने मौका थियो।

उनीहरु बाघको शैलीमा छिरेर बिरालोका रुपमा बाहिरिए। तर उनीहरुभन्दा निकै तल्लो पदमा रहेर काम गरेका कुलमान घिसिङ भने इतिहास रचेर बिदा भएका छन्।

जिम्मेवारीपूर्वक काम गरे सानो ठाउँबाट पनि नतिजा दिन सकिन्छ भन्ने उदाहरण बनेका छन् घिसिङ। घिमिरे र खतिवडाको बहिर्गमनबाट आम जनता बेखुसी देखिँदैनन्। आइतबार जिम्मेवारीबाट बिदा भएका घिसिङका सवालमा भने सिंगो मुलुक उनको पक्षमा छ।

घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे, चर्को लोडसेडिड भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए।

यी काम सजिलै गर्न सकिने लाग्न सक्छ तर वास्तविकता त्यो होइन। सबैभन्दा गाह्रा काम यिनै थिए। १४ घण्टा लामो लोडसेडिडमा रहेको मुलुकलाई दुई वर्ष बित्न नपाउँदै लोडसेडिडमुक्त बनाउनु सजिलो काम होइन। यस्तै ३५ अर्ब रुपैयाँ सञ्चित घाटामा गएको संस्थालाई ४ वर्षमा ५ अर्ब नाफाको अवस्थामा लैजानु चमत्कारभन्दा कम होइन।

घिसिङले बागडोर समाल्दा दैनिक १४ घण्टाभन्दा धेरै समय अँध्यारोमा बसेका मुलुकवासीलाई प्राधिकरणले धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन सार्वजनिक अनुरोध गथ्र्यो। अहिले घिसिङ बाहिरिँदै गर्दा प्राधिकरणले सबै ग्राहकलाई सकेसम्म धेरै विद्युत् खपत गर्न अनुरोध गरिरहेको छ।

घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे, चर्को लोडसेडिड भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए।

ऊर्जा मन्त्रालयका पूर्वसचिव सुमन शर्मा घिसिङ नेतृत्व समालेसँगै लोडसेडिङ अन्त्य गरेर सराहानीय काम गरेको बताउँछन्। ‘उहाँ आउनुभन्दा अघि लगभग पूर्वाधार तयार भइसकेको थियो तर कुशल व्यवस्थापकीय क्षमताकै कारण मुलुकबाट लोडसेडिङ हटाउने काम गर्नुभयो,’ उनले आइतबार नागरिकसँग भने, ‘प्राधिकरणको घाटालाई एकपछि अर्काे गर्दै घटाउँदै अहिले नाफा कमाउने संस्थाको रुपमा स्थापित गरेर राम्रै काम गरेको देखिन्छ।’ चुहावट नियन्त्रणमा पनि धेरै सुधार ल्याएको शर्माले बताए। ‘त्यसैले समग्रमा उहाँको कार्यकाल राम्रो देखिन्छ’, उनले भने।

तत्कालीन ऊर्र्जामन्त्री जनार्दन शर्माको सिफारिसमा घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो। घिसिङले प्राधिकरणको नेतृत्व २०७३ भदौ २९ मा समालेका थिए। सोही वर्षको लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा लोडसेडिङमुक्त हुन पायो।

घिसिङले काठमाडौं, पोखरा र भरतपुरलाई एकपछि अर्काै गर्दै लोडसेडिङमुक्त गराउँदै गए। २०७५ वैशाखदेखि उद्योग कलकारखानामा समेत पर्याप्त बिजुली उपलब्ध गराएर लोडसेडिङ अन्त्य भएको घोषणा गरे। अहिले प्राविधिक समस्याबाहेक घोषित रुपमा लोडसेडिङ छैन।

घिसिङले प्राधिकरणको बागडोर समाल्नुअघिसम्म अर्थात् आर्थिक वर्ष ०७२/७३ सम्म प्राधिकरणको कुल सञ्चित घाटा ३४ अर्ब ६० करोड रुपैयाँ थियो। कर्मचारीलाई तलब खुवाउन समेत प्राधिकरणलाई धौधौ पथ्र्यो। ‘कुनै बेला प्राधिकरण कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको थियो,’ घिसिङले भने, ‘अहिले सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउँदै आफैं पनि पूर्वाधारमा लगानी गर्न सक्ने संस्थाको रुपमा स्थापित भएको छ।’ आव ०७२/७३ सम्म प्राधिकरण वार्षिक आठ अर्ब ८९ करोड रूपैयाँ नोक्सानमा थियो, गत आवको अन्त्यसम्म वार्षिक ११ अर्ब पाँच करोड रूपैयाँ नाफा कमाउने संस्थाका रुपमा उभिएको छ।

प्राधिकरणको जिम्मेवारी लिएसँगै घिसिङले आन्तरिक सुधारका लागि कैंची पनि चलाएका थिए। आर्थिक वर्ष ०७२/७३ सम्म प्राधिकरणको प्रणालीमा रहेकोमध्ये २५.७८ प्रतिशत बिजुली चुहावट हुन्थ्यो। अहिले विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ। घिसिङको कार्यकालमा विद्युत् खपतको ग्राफमा समेत सुधार भएको छ।

चार वर्षअघि प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १ सय ३१ युनिट रहेकोमा हाल २ सय ६० युनिट पुगेको छ। घिसिङले नेतृत्व सम्हालेसँगै विद्युत्मा सर्वसाधारणको पहुँच पनि बढेको छ। आर्थिक वर्ष ०७२/७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युत्को पहुँच पुगेको थियो। प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्म देशभरमा ८६.४४ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ।

प्राधिकरणले आर्थिक वर्ष ०७२/७३ मा भारतबाट एक अर्ब ७७ करोड युनिट बिजुली आयात गरेको थियो। यसका लागि १३ अर्ब १२ करोड रुपैयाँ खर्चिएको थियो। आव ०७६/७७ मा खपत भएको ७ अर्ब ७४ करोड युनिटमध्ये भारतबाट आयातित एक अर्ब ७२ करोड युनिट छ। यसका लागि प्राधिकरणले १३ अर्ब ५८ करोड रुपैयाँ खर्चिएको छ।

भर्खरै प्रकाशित

अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार…

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ। चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…