शान्ति मिसनमा लिबिया जान लागेका सेनालाई कोरोना, उडान नै स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले आइतवार यस कुराको पुष्टि गरेको हो।

संयुक्त राष्ट्र संघको आह्वानमा ‘युनाइटेड नेशन मिसन सर्पोट इन लिबिया’ मिसनमा तैनाथ फौजलाई बदली गर्न सोमबार त्यसतर्फ जान लागेका नेपाली सेनाका केही जवानहरूमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई लाने उडान नै स्थगित गरिएको छ।

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरेर क्‍वारेन्टाइनमा रहेका सेनाका सदस्यमा उडान पूर्व गरिएको परीक्षण क्रममा केहीमा संक्रमण पुष्टि भएको हो।

यसरी पोजिटिभ देखिएका ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गरी सबैको फेरि स्वास्थ्य परीक्षणपछि मात्रै रोटेशन फ्लाइटको अर्को मिति निर्धारण गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

भर्खरै प्रकाशित

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…