हरेक नेपालीको थाप्लोमा ४५ हजारभन्दा धेरै ऋण, एक महिनामै बढ्यो २ हजार

काठमाण्डौ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने सात खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या तीन करोड ८२ हजार आठ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउँछ ।

असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । त्यो बेला हिसाब गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय रुपैयाँ ऋण रहेको थियो ।

साउन महिनामा सरकारले आन्तरिक ऋणको ३० करोड ४४ लाख रुपैयाँ ब्याज तिरेको छ ।

यस्तै बाह्यतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज तिरेको छ ।

समग्रमा साउन महिनामा एक अर्ब १९ करोड ३० लाख रुपैयाँ सावाँ र ब्याज तिरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…