दुई वर्ष मन्त्री भइसकेकालाई सरकारबाट बिदा दिने तयारी, को को हट्दैछन्

काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली असोज लाग्ने वित्तिकै मन्त्री परिवर्तनको तयारीमा लागेका छन् । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर हटाउनुपर्ने भएकाले एउटा मापदण्ड बालुवाटारले तयार गरेको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने गरी मापदण्ड बनाउने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन् । यसमा लगभग सहमति पनि जुटिसकेको बुझिएको छ ।

दुई वर्ष मन्त्री भइसकेकालाई बिदा दिएर नयाँलाई मौका दिइनेछ । यसरी मापदण्ड बनाउँदा योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फे मात्र टिक्न सक्ने सम्भावना रहन्छ । भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । उनलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी भएको छ । भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम छ ।

अप्ठ्यारो पर्दा साथ दिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौका दिने पक्षमा ओली भएपनि पार्टी भित्र उनिहरुलाई सरकारबाट हटाउन एउटा समुह नै लागेको छ । पोखरेलविरुद्ध पूर्व एमालेको ठुलो तप्का लागेको छ भने बादलविरुद्ध पूर्व माओवादीकै समुह लागेका छन् । दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्ड अनुसार मन्त्रीमण्डल पुर्नगठन भएमा पोखरेल र बादल पनि सरकारमा रहने छैनन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । उनी पनि यसपटक पुर्नगठनमा मन्त्री रहिरहने सम्भावना कम हुँदै गएको छ । बरु शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाएर मन्त्रीमा ल्याउन खोजिएको छ । उनलाई भविष्यमा राष्ट्रियसभामा ल्याउने तयारी छ ।

लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् । पूर्व माओवादीका गिरिराजमणि पोखरेल, विना मगर, वर्षमान पुन, शक्ति बस्नेतलगायतको पनि बिदावारीको सम्भावना छ । नारायणकाजी श्रेष्ठको उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता हुनसक्छ । बामदेव गौतम उपप्रधानमन्त्री सहित मन्त्री बन्ने सम्भावना बलियो छ । तर, उनलाई अर्थ नदिइने भएको छ । गौतमलाई गृहमन्त्रीमा लान खोजिएको छ । बादललाई बिदा गरेर बामदेवलाई ल्याउन पनि दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्डको विषय उठेको हो ।

भर्खरै प्रकाशित

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…

चीन जिम्मेवार देखिएन, यस्तै पाराले त चीनसँग व्यापार गर्न सकिँदैन…

काठमाडौं । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन् । उनले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार…

उदयपुरकी बैअबु राई फेसबुक हेडक्वाटरकाे सिनियर सफ्टवेयर इन्जिनियर, मासिक तलव…

काठमाडौँ।  मानिसहरुको दैनिक जीवनको एउटा पद्धति नै बनिसकेको सामाजिक सञ्जाल ‘फेसबुक’को हेडक्वाटर (मुख्यालय)मा एकजना नेपाली चेली ‘सिनियर सफ्टवेयर इन्जिनियर’को रुपमा प्रवेश गरेकी छन् । उदयपुरस्थित…

करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो…

केपी ओलीले लडाइँ हारिसके अब भित्तामा पुर्‍याइदिन्छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्। मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा…