भारतसँगको सीमा क्षेत्रबाट तत्काल सेना हटाउन चीनको चे’तावनी

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सरकार भारतसँगको सीमा विवाद कम गर्न तयार रहेको बताएका छन् । विदेशमन्त्री वाङले चिनियाँ सरकार वास्तविक नि’यन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ‘ठोस कदम चाल्न’ इच्छुक रहेको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको भोलिपल्ट विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् ।

विदेशमन्त्री वाङ र भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई देशबीचको सीमा विवादको समस्या समाधान गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ ।

शुक्रबार मस्कोमा रसियन विदेशमन्त्री सर्गेई लावरोवसँगको संयुक्त प्रेस सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङले वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना र सैनिक सामाग्री तत्काल हटाउनुपर्नेमा जोड दिए ।

उनले भने- ‘दुबै ब्रिक्स सदस्य देश चीन र भारतले लगातार तनावका विषयमा छलफल गरिरहेका छन् । मैले यो कुरा भारतीय विदेशमन्त्री एस जयशंकरसँग राखेको छु, भारतका अन्य सुरक्षा अधिकारीहरुसँग पनि कुरा गरेकोछु ।

यसबारेमा हामी दुई देशका समकक्षीबीच हिजो लामो कुराकानी भएको छ । भारतीय विदेशमन्त्रीले शान्ति कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी वार्ताबाटै समस्याको समाधान गर्न चाहान्छौ ।

यो मामलालाई बढाउन चाहादैनौं । यसका लागि हामी ठोस कदम चाल्न तयार छौं । सबैभन्दा जरुरी भनेको नयाँ उल्लंघन हुनुहुँदैन । त्यसका लागि तत्काल सेना, ह’ति’यार र यु’द्ध सामाग्रीहरु वास्तविक नि’यन्त्रण रेखाबाट हटाउनुपर्छ ।’ दुबै देशका विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन रुसको राजधानी मस्को पुगेका हुन् ।

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…