बाबुराम भट्टराईले विरोध : भाटभटेनीको भीडमा कोरोना नलाग्ने, फुटपाथ पसलमा लाग्ने!

कोरोना नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष ‘फुटपाथ र ठेलागाडा व्यापार’ मा पूर्ण प्रतिबन्ध लगाउन गरेको मागप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कोरोनाले धनी र गरिब नभन्ने उल्लेख गर्दै ‘भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन’ भनेर टिप्पणी गरेका हुन् ।

‘अनौपचारिक व्यवसाय (फुटपाथ पसल र ठेला व्यापार) हाम्रोजस्तो प्रारम्भिक सहरीकरण र औद्योगीकरण भइरहेको समाजका लागि अभिन्न अंग हुन्। कोरोनाले धनी र गरीब भन्दैन,’ डा. भट्टराईले ट्विट गरेका छन्, ‘भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन। यिनलाई हटाउने हैन, व्यवस्थापन गर्ने र क्रमश: अन्य व्यवसायमा रूपान्तरण गर्दै जाने हो।’

सबैतिर मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच २ मिटरको दूरी कायम गर्ने तथा बेलाबेला साबुनपानीले हात धुने गरेर कोरोनासँगै बाँच्%8 सिक्नपर्ने सुझाव पनि उनले दिएका छन्।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…