सरकारी अस्पतालले गेटबाटै फर्कायो, निजीमा लैजाने पैसा नहुँदा गर्भवतीको मृ’त्यु

विराटनगर । प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका-६ की ३० वर्षीया विमला ऋषिदेवलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याए । प्रसव पीडामा रहेकी उनलाई अस्पतालले भर्ना गर्न मानेन । उनीहरुसँग निजी अस्पताल लैजान खर्च थिएन ।

मध्यरातमा खर्च जोहो गर्दागर्दै बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको छ ।

सुकुमबासी टोलमा बस्दै आएकी विमलाको परिवारसँग अन्तिम संस्कारका लागि पनि पैसा पनि भएन । शव उठाउनै समस्या भएपछि नेपाली कांग्रेसका प्रदेश-१ सचेतक केदार कार्कीले सहयोग गरे र विमलाको अन्तिम संस्कार भयो ।

छानबिन गर्छु : मेसु

विमलाकी ९ र ३ वर्षकी दुई छोरी छन् । अढाई वर्षका छोराको एक वर्षअघि खोलामा डुबेर मृ’त्यु भएको थियो ।

स्थानीय अक्षय सहनीका अनुसार यसअघि दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेकाले तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै कोशी अस्पतालले फिर्ता पठाएको हो ।

ज्याला मजदुरी गरेर जीविका चलाएको आएको ऋषिदेव परिवारसँग निजी अस्पताल जान पैसा भएन । ‘पारिवारिक आर्थिक अवस्था क%4जोर थियो । सरकारी अस्पतालले फर्काएपछि उनीहरुको जाने ठाउँ भएन’ सहनीले अनलाइनखबरसँग भने ।

कांग्रेसका प्रदेश-१ सचेतक कार्कीले पनि अस्पतालको लापरबाहीका कारण महिलाको मृ’त्यु भएको बताए । ‘अस्पतालले बिरामी भर्ना गर्दैन् । सरकार नदेखे झै गर्छ,’ उनले भने ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता पठाउन नमिल्ने बताउँछन् । कसैले फिर्ता पठाएको भए छानविन गरी कारबाही गर्ने उनको दाबी छ ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…