एउटा ‘आ;पत्तिजनक’ तस्बिरका लागि रुसका राष्ट्रपति पुटिनले सर्बियाका राष्ट्रपति भुचिचसँग माफी मागे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सर्बियाका राष्ट्रपति अक्लेजन्डर भुचिचसँग माफी मागेका छन्।
आफ्नो विदेश मन्त्रालयकी प्रवक्ता मरिया जखारोवाले फेसबुकमा एउटा ‘आ;पत्तिजनक’ तस्बिर राखेपछि उनी क्षमा माग्न बाध्य भएका हुन्।
बिबिसीका अनुसार सर्बियाकी राष्ट्रपति भुचिच र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर पोस्ट गरेकी थिइन् र त्यसको मुनि अभिनेत्री सेरान स्टोनको खुट्टाको तस्बिर राखिएको थियो।
अभिनेत्री सेरानको त्यो आपत्तिजनक स्क्रिनसट ‘बेसिक इन्स्टिक्स’ फिल्मबाट लिइएको थियो, जुन पहिलेदेखि नै निकै विवादमा परेको थियो।
उक्त तस्बिरसँगै रुसका विदेश मन्त्रालयकी प्रवक्ता मरियाले लेखेकी थिइन्– ‘यस्तो लागिरहेको छ कि राष्ट्रपति भुचिचसँग राष्ट्रपति ट्रम्पले सोधिरहेका छन्, ‘यदि तपाईंलाई ह्वाइट हाउसमा बोलाइयो तर कुर्सी यसरी राखियो कि तपाईंलाई कुनै अनुसन्धानका लागि बोलाइएको हो। त्यस अवस्थ E0मा तपाईं दोस्रो तस्बिर (सेनार स्टोन) जस्तै गरी बस्नु राम्रो हुन्छ। चाहे तपाई जोसुकै हुनुस्। कुरा मानेर हेर्नुस्।’
यस पोस्टप्रति राष्ट्रपति भुचिच आपत्ति प्रकट गरेपछि गत आइतबार मरियाले माफी मागेकी थिइन्। तर उनको स्पष्टीकरण थियो– मेरो निशाना अमेरिकाको घमण्डविरुद्ध थियो, सर्बियाका राष्ट्रपतिप्रति होइन।’
शुक्रबार राष्ट्रपति भुचिचले सर्बियन टिभीमा भने्, ‘राष्ट्रपति पुटिनले मसँग कहिले कुनै कुरामा माफी मागेका थिएनन्, न उनका विदेशमन्त्री सर्गेई लेभरोभले मागेका थिए। तर यसपटक दुवैले माफी मागे।’
उनका अनुसार राष्ट्रपति पुटिनले फोन गरेर उनीसँग भने– ‘हामी दुवैको सम्बन्ध राम्रो छ र मेरा लागि यो अनावश्यक र अस्वीकार्य विषय हो।’
माथि उल्लिखित ‘आपत्तिजनक’ पोस्ट त्यतिबेला गरिएको थियो, जतिबेला वुचिचले ह्वाइट दहाउसमा कोसोभोसँग सहयोग सन्धिमा हस्ताक्षर गरेकी थिइन्।
त्यो पोस्ट सर्बिया–अमेरिका सम्बन्धमा रुसको असन्तुष्टिका रूपमा हेरिएको थियो। सर्बिया लामो समयदेखि रुसको सहयोगीका रूपमा रहेको छ भने दुवै कोसोभोलाई स्वतन्त्र राष्ट्र मान्दैनन्।