भीम रावल भन्छन् : एमसीसी पारित गर्नुपर्छ भन्ने दलालहरुले मेरोविरुद्ध गलत हल्ला चलाए

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नुपर्छ भन्ने दलालहरुले आफूविरुद्ध गलत हल्ला फैलाएको बताएका छन्।

एमसीसीको सुरुदेखि नै विपक्षमा रहँदै आएका नेता रावल एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेपछि नेता रावलले त्यसको खण्डन गर्दै आफूले कहीँ पनि एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको प्रस्ट पारेका छन्। उनले आफूले भन्दै नभनेको कुरा भन्यो भनेर हिँड्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोप लगाएका छन्।

‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनA5हरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्’, शनिबार सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले लेखेका छन्, ‘ यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन।’

शनिबार सम्पन्न नेकपा स्थायी समितिको बैठकले एमसीसी परिमार्जन गरेर पारित गर्ने निर्णय गरेको छ। नेकपाको निर्णयसँगै नेता रावल पनि एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेको थियो।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…