टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाएरै छाड्ने

वासिङट्न । अमेरिकाले चर्चित एप टिकटकमाथि लगाउने भनेको प्रतिबन्धको समयलाई नसार्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन टिकटकलाई प्रतिबन्ध लगाउने निर्धारित समय २० सेप्टेम्बरलाई पछाडि नसारिने बिहीबार बताएका छन्।

अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीलाई सम्बोधन गर्न जानु अगाडि उनले उक्त प्रतिक्रिया दिएका हुन्। उनले गत जुलाईमै अमेरिकाबाट टिकटकलाई प्रतिबन्ध लगाइने घोषणा गरेका थिए। उनले गत महिना एक कार्यकारी आदेशमा बाइटडान्सले अमेरिकाको राष्ट्रिय सुरक्षा बिगार्न सक्ने खतरा रहेको बारेमा विश्वसनीय प्रमाणहरू रहेको बताएका थिए।

टिकटकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो। टिकटक अमेरिका र अन्य पश्चिमा मुलुकमा पनि धेरै लोकप्रिय रहेको एप हो। यस वर्षको पहिलो त्रैमासिकमा ३१ करोड ५० लाख गुणा बढी डाउनलोड भएको एक विश्लेषक कम्पनी सेन्सर टावरले जनाएको छ। यति धेरै डाउनलोड भएको कुनै पनि एपको इतिहासमै पहिलो पटक हो। भारतमा पनि युवापुस्तामाझ लोकप्रिय रहेको टिकटकलाई त्%4हाँको सरकारले केही समय अगाडि प्रतिबन्ध लगाएको थियो।

 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

गम्भीर बिरामीको पनि भर्ना नलिने सरकारी अस्पताल, उपचार नगरेबापत सरकारविरुद्ध…

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का जतिसुकै गम्भीर बिरामी भए पनि पैसा छैन भने कुनै पनि अस्पतालले भर्ना नलिने भएको छ । काठमाडौंस्थित सिभिल…

हङकङले ताइवानका विमानलाई विवादित प्राटस टापुमा पुग्न लगायो रोक

हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको छ। विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा…

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले कोरोना संक्रमितबाट पैसा…

काठमाडौं ।  संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त…

भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका…