मसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं। सत्तारुढ दल नेकपा भित्रको विवादका कारण अलपत्र परेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता अब अनुमोदन हुने देखिएको छ।

सत्तारुढ दल नेकपाकै कारण संसदमा अलपत्र सो सम्झौता अनुमोदन गर्ने नेकपाको स्थायी कमिटीले निर्णय गरेको छ। बिहीबार सम्पन्न बैठकले आवश्यक परिमार्जन गरी देशको हितमा एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सँयुक्त रुपमा बैठकमा पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरिएको थियो। सो प्रस्ताव स्थायी कमिटीले सर्वसम्मत रुपमा पारित गरेको हो।

यसअघि नेकपामै विवाद भएपछि एमसीसी संसदबाट अनुमोदन गरिसक्नु पर्ने सयम सीमा घर्किएको थियो। र अब करिब ६० अर्व रुपैयाँ अनुदान बराबरको सो सम्झौता संसदबाट अनुमोदन गर्नुअघि नेपाल र एमसीसीबीच फेरि नयाँ सम्झौता हुनुपर्ने देखिएको छ।

नेकपाले परिमार्जनपछिमात्र अनुमोदन गर्ने निर्णय गरेकाले फेरि सम्झौता गर्नुपर्ने अवस्थ%0 देखिएको हो। अब अमेरिकाले यो वि%4यमा के निर्णय गर्छ भन्ने चासोको विषय बनेको छ।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…