प्रधानमन्त्री ओली चीनसँग नजिकिएका कारण भारतसँगको सम्बन्ध जटिल मोडमा पुग्यो : बिमलेन्द्र निधि

काठमाडौँ । कांग्रेस उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको आरोप लगाएका छन् ।

बीपी कोइरालाको १०७ औं जन्मजयन्तिका अवसरमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रतिष्ठानका संयोजकसमेत रहेका निधिले अन्तर्राष्ट्रिय सम्बन्धलाई सहीरुपमा अबलम्बन गर्न नसकेका कारण छिमेकी भारतसँगको सम्बन्ध जटिल मोडमा पुगेको बताए ।

‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बीपी कोइरालाको योगदान’ बिषयक अन्तरसंवाद कार्यक्रममा निधिले सरकारले चीनसँग निकट हुने र भारतसँग टाढिनेखालको असन्तुलित सम्बन्धका कारण नेपाललाई नै अप्ठ्यारोमा पार्ने काम सरकारले गरिरहेको निधिको भनाई थियो ।

बीपीले दुई विशाल मुलुकसँग राखेको सन्तुलित सम्बन्धको परराष्ट्र नीतिलाई पछ्याउनु पर्ने बताउँदै निधिले सरकारमा छँदा एउटा र बाहिर बस्दा अर्को परराष्ट्र नीति हुन नसक्ने बताए ।

भरE0चुअल गोष्ठीमा पूर्वराजदूत तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विदेश सल्लाहकार रहेका दिनेश भट्टराईले नेपालको भूराजनीतिक अवस्थाका बारेमा लामो व्याख्या गरेका थिए । भट्टराईले बीपी, जेपी (गिरिजाप्रसाद कोइराला) र केपी ओली नेतृत्वको सरकारले अलम्बन गरेको परारष्ट्र नीतिका बारेमा तुलानात्मक विवेचना गरेका थिए ।

भर्खरै प्रकाशित

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…

न्यूज २४ र रवि लामिछानेबीच ‘सिधा कुरा’ कपिराइट विवादबाट द्वन्द्व…

काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज…

जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार…

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ। गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने…