विश्व बैंकको रिपोर्ट : एक दशकमा ४० लाख नेपालीले रोजगारी पाए

काठमाडौं । विश्व बैंकले पछिल्लो एक दशकमा नेपालमा ४० लाख जनशक्तिका लागि रोजगारी सिर्जना भएको रिपोर्ट सार्वजनिक गरेको छ । ‘नेपाल जब डाइग्नोष्टिक रिपोर्ट’मा विश्व बैंकले कृषिबाट ठुलो जनशक्ति विस्तारै अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको जनाएको छ ।

कृषि बाहेक अन्य क्षेत्रको आकर्षणले नै नेपालको ठूलो जनशक्तिमा रोजगार सृजना गराएको रिपोर्टमा उल्लेख छ । तर गुणस्तरीय काम भने पाउन नसकेको उल्लेख गरिएको छ । त्यसमाथि पनि महिलाहरुले श्रमको उचित ज्याला पाउन नसकेको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरु उल्लेख्य बढेका छन् । त्यस्तै निर्माण क्षेत्रमा ठुलो संख्यामा पुरुषहरुले काम गर्न थालेका छन् । धेरैजसो मानिसहरु अनौपचारिक क्षेत्रमा अस्थायी काम गरिरहेका छन् । उत्पादनमूलक उद्योग, व्यापार र यातायातको क्षेत्रमा पनि काम गरिरहेका छन् । रोजगारीका कारण मानिसको जीवनस्तरमा सुधार आएको रिपोर्टमा भनिएको छ । कुल रोजगारीमध्ये नियमित तलबी सन् २००८ मा १७ प्रतिशत रहेको थियो भने सन् २०१८ मा बढेर २४ प्रतिशतमा पुगेको उल्लेख %E ।

सन् २०१८ मा नेपालमा ३८ लाख मानिसहरु रोजगारी गर्दथे । जसमध्ये २८ लाख जनशक्ति वैदेशिक रोजगारीमा थिए । वैदेशिक रोजगारीमा जानेहरुमध्ये अधिकांश ३५ बर्ष मुनिका पुरुष छन् । उनीहरुले माध्यमिक तहभन्दा मुनीको शिक्षा मात्रै प्राप्त गरेका छन् ।

हाल बागमती प्रदेशले यसबैभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै रोजगारी सिर्जना भएको छ । भूकम्पपछिको पुर्ननिर्माणका क्रममा साढे ५ लाख मानिसले रोजगारी पाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

 

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…