दुई वर्ष भित्रै नेपाल पूर्ण विद्युतीकरण : उर्जामन्त्री

देवी गुरुङ

रोल्पा। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी दुइवर्षभित्र नेपाल पूर्ण विद्युतिकरण हुने दावी गर्नुभएको छ ।

प्रेस संगठन नेपाल रोल्पाले बुधवार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले आउने आर्थिक वर्षमा उज्यालो नेपाल बनाउने लक्ष रहेको जानकारी दिनुभयो ।

उहाँले सोहीअनुसार देशभर विद्युतीकरणको काम भइरहेको जानकारी दिनुभयो । मन्त्री पुनले यसैवर्ष प्रदेश नम्बर २, ३ र ४ लाई विद्युतीकरण गर्ने र आउँदो आर्थिक वर्षमा प्रदेश नम्बर ५, ६ र ७ लाई विद्युतीकरण गरी दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गरिने बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रमा लक्षअनुसार नै प्रगति हासिल भइरहेकाले दुई वर्षमा नेपाल पूर्ण विद्युतीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्तका लागि प्रस्ताव लैजाने र त्यसका लागि प्रधानमन्त्री सकरात्मक नै रहेको जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…