साउदी अरेबियामा भिसा र बसोबास अनुमतिको म्याद थप्न पैसा नलाग्ने

काठमाडौं। साउदी अरेबियाले आफ्नो देशमा रहेका विदेशीहरुका लागि बसोबास अनुमति र भिसाको म्याद एक महिनासम्म थप गर्नको लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

अरब न्युजका अनुसार सोमबार यहाँको राहदानी महानिर्देशनालय (जवाजात)ले साउदी अरेबिया फर्किन चाहेका विदेशीहरुको पुनः प्रवेश भिसाको वैधता अवधि थप गरेको हो । महामारीका कारण साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान बन्द गरेका कारण विदेशमै अड्किएकाहरुका लागि यो व्यवस्था गरिएको हो ।

यो व्यवस्थाले साउदीबाट नेपाल फर्किएका तर उडान बन्द भएका कारण साउदी फर्किन नपाएर नेपालमै अड्किएका नेपालीहरु लाभान्वित हुनेछन् ।

यो व्यवस्था साउदीबाट बाहिरिएपछि उतै अड्किएकाहरुका लागि मात्र नभइ साउदीमै रहेका तर भिसाको अवधि सकिएकाहरुका लागि पनि लागू हुनेछ । अब साउदीमै भएका तर भिसा अवधि सकिएकाहरुले भिसा सकिएको एक महिनासम्म नेपाल फर्किने क्रममा बिलम्ब शुल्क पनि तिर्नु पर्ने छैन ।

यो व्यवस्था घरेलु ती कामदार र अन्य श्रमिकका हकमा लागू हुनेछ जसको बसोबार अनुमति (इकामा) विदेशमा रA4ँदै सकिइसकेको छ र %0ात्रा प्रतिबन्धका कारण साउदी फर्किन सकेका छैनन् ।

साउदीमै रहेर भिसा अवधि सकिएका तर साउदीबाट बाहिरिन नसकेकाहरुका लागि पनि यो सुविधा दिइएको छ र उनीहरुको भिसा अवधि सेप्टेम्बर ३० सम्मका लागि थप गरिएको छ ।

व्यापारिक पेसामा आबद्ध रहेका र साउदी फर्किन नसकेका विदेशीहरुको लागि पनि इकामा अवधि थप गरिएको छ । यो सुविधा पाउन उनीहरुको इकामाको म्याद अगष्ट १ देखि अगष्ट ३१ को बीचमा सकिएको हुनुपर्नेछ ।

म्याद थपको निर्णय राष्ट्रिय सूचना केन्द्रसँगको समन्वयमा स्वचालित रुपमा लागू हुनेछ । साउदी अरेबियाले जी २० का देशहरुका विदेश मन्त्रीहरुसँग अन्तर्राष्ट्रिय उडान खुला गर्ने विषयमा छलफल गरेको ४ दिनपछि यो निर्णय आएको हो ।

साउदीका विदेश मन्त्री राजकुमार फैजल बिन फरहानले यो निर्णयले जी २० का देशहरुको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् । साउदीले मार्च १५ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

 

भर्खरै प्रकाशित

प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा रहेको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको उद्घाटन भएको छ । जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने…

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…