नेपाली सेनाको सिपाही किन चाँडै जागिर छोड्न खोज्छ ? किन विदेश जान खोज्छ ?

सिपाहीको पनि परिवार हुन्छ । परिवारमा उसका बुबाआमा, छोराछोरी हुन्छन् । ती परिवारका सदस्यहरुलाई स्वाथ्योपचार, बच्चाका निमित्त शिक्षाका साथै रिटायर्ड भएर गइसकेपछि रिक्सा चलाउनु नपरोस्, ठेलागाडा ठेल्न नपरोस् भनेर जुनसुकै सेनामा पनि वेलफेयर (कल्याणकारी) को सिस्टम हुन्छ ।

अहिले नेपाली सेनाको सिपाहीको हेर्नुभयो भने किन त्यो सिपाही चाँडै जागिर छोड्न खोज्छ ? किन विदेश जान खोज्छ ? विदेशमा दुःख छ भन्ने उसलाई थाहा छ । विदेशमा गएपछि मैले परिवारसँग छुट्टिएर बस्नुपर्छ भन्ने उसलाई थाहा छ । त्यति हुँदाहुँदै पनि ऊ जागिर छाडेर विदेश जान्छ । के–को निमित्त भन्दाखेरि नेपाली सेनाले उहाँहरुलाई दिन सक्ने शिक्षा, स्वास्थ्य र अवकाशपछि दिनुपर्ने सामाजिक र आर्थिक सुरक्षा हो ।

भण्डै ७८ हजार भूतपूर्व सैनिकहरु हुनुहुन्छ । आश्रितहरु झण्डै ८ लाख छौं हामी । यी ८ लाख पूर्वसैनिक र उनका आश्रितहरुलाई भोलि जीवनको अन्तिम क्षणमा पनि हामीले सिटामोल खुवाउन सक्दैनौं भन्ने परिस्थिति आयो भने नेपाली सेनामा किन भर्ती हुन आउने ?

नेपाली सेना र नेपाली समाजको एउटा छुट्टै किसिमको परिवेश छ । नेपालका युवाहरु भारतीय गोर्खामा पनि छन् । बृटिस गोर्खामा पनि छन् । सिंगापुर पुलिसमा पनि छन् । विभिन्न ठाउँमा छन् । र, भोलि नेपाली सेनाको सिपाही रिटायर्ड भएर जाने त्यही समाज हो ।

रिटायर्ड भएर जाँदाखेरि उसले तुलना गर्ने भनेको बृटिस गोर्खा र इण्डियन गोर्खाबाट रिटायर्ड भएर आउँदाखेरिको नेपाली सेनाको स्टाण्डर्ड, उसको सामाजिक आर्थिक हैसियत, यसले तुलना गर्ने त्योसँग हो । त्यो हैसियतमा नपुगेसम्म नेपाली सेनाको सेनापतिको हैसियतले मैले जसले जतिचोटि यो व्यापार हो भने पनि म यहाँबाट विमूख हुन सक्ने अवस्था छैन ।

भोलिका दिनमा मैले यो व्यापारीकरण हो भन्ने प्रमाणित गरें र भोलिबाट शिक्षा, स्वास्थ्य अवकाशपछिका विभिन्न किसिमका हामीले सीमितरुपमा भए पनि पेन्सनका रुपमा जुन दिएर पठाएका छौं, भोलि मैले यो व्यापार हो भनेर यसलाई रोक्न खोजें भने भोलि नेपाली सेनामा कुनचाहिँ युवक भर्ना हुन आउँछ ? यो कुरा सबैले बुझ्न जरुरी छ ।

मैले यहाँबाट रिटायर्ड भएर गइसकेका कैयौं सिपाहीहरुलाई भोटाहिटीमा ठेलागाडा चलाएको देखेको छु । कैयौं सिपाहीहरु रिक्सा चलाएर हिँडेको अवस्था छ । कैयौं सिपाहीहरु नारायणघाटमा माग्नेको तरिकाले हिँडेको अवस्था छ । त्यो किन छ ?

नेपाली सेनामा जागिर खानु उसको बाध्यता थियो । तर, त्यो बाध्यता हो भन्दैमा हामीले उसको परिवारको शिक्षा, स्वास्थ्य लगायतका चाहनाहरु पूरा गर्न सकेनौं भने तपाईं–हामीले केही न केही विकल्प खोज्नैपर्छ । हो, यही विकल्पको परिणाम सैनिक कल्याणकारी कोष हो ।

म २०६५/६६ को दशकमा झण्डै साढे २ वर्ष कल्याणचकारी कोषको निर्देशक हुँदाखेरि कल्याणकारीको अन्तरवस्तु साँच्चिकै बुझेको छु जस्तो लाग्छ । कल्याणकारी भन्ने कार्य व्यापारीकरण होइन भन्ने तपाईंहरुले बुझिदिनुपर्छ । त्यसका पछाडि एउटा अवधारणा छ ।

त्यहाँबाट हुने सम्पूर्ण आम्दानी कल्याणकारी कोषमा जान्छ । कसैकोमा जाँदैन । सीएसआरका रुपमा शत प्रतिशत सिपाहीकै निमित्त जान्छ । तर, अहिले हाम्रो राज्यको जुन आर्थिक अवस्था छ, यो अवस्थाका कारणले अहिले नै राज्यले हाम्रा सिपाही र सिपाहीका परिवारका निमित्त यी किसिमका सेवा सुविधा उपलब्ध गराउन सक्ने क्षमता छ भन्ने हामी ठान्दैनौं ।

हो, यही नठानेका कारणले गर्दाखेरि सिपाहीको एक/एक पैसा, रगत र पसीना शान्ति सेनाबाट आएको जुन रकम हो, त्यो कल्याणकारी कोषमा जम्मा हुन्छ । त्यो जम्मा भएको रकमबाट जसरी बैंकहरुले सीएसआर भनेर उहाँहरुले कार्यक्रम सञ्चालन गर्नुहुन्छ, हाम्रो कल्याणकारी पनि सीएसआर नै हो ।

बैंकले सीएसआरमा एक प्रतिशत खर्च गर्छ भने कल्याणकारीले सीएसआरमा शत प्रतिशत खर्च गर्छ । फरक यत्ति हो । त्यसकारणले यो व्यापार होइन । यदि व्यापार हुन्थ्यो भने त्यो पैसा प्रधानसेनापतिको पनि खल्तीमा जानुपर्छ, सेयर होल्डर, जर्साबको खल्तीमा पनि जानुपर्छ । र, अरुको खल्तीमा पनि जानुपर्छ । तर, यो व्यापार होइन । यो बाध्यता हो नेपाली सेनाको ।

अहिले वीरेन्द्र सैनिक अस्पताल सञ्चालनमा छ । नेपालगञ्ज, पोखरा र इटहरीमा कमाण्ड हस्पिटलहरु सञ्चालनमा छन् । विभिन्न फिल्ड हस्पिटलहरु सञ्चालनमा छन् । ती फिल्ड हस्पिटल कसले सञ्चालन गरेको छ ? कल्याणकारी फण्डले सञ्चालन गरेको छ ।

तपाईंहरुलाई कस्तो लाग्ला भने यो पक्ष त राज्यले हेर्नुपर्छ, त्यसकारण तपाईं प्रधानसेनापतिको जिम्मेवारी हो र भन्ने प्रश्न पनि तपाईंहरुले सोध्न सक्नुहुन्छ । मैले अघि नै यसको जवाफ दिइसकें, हाम्रो राज्यसँग हामीले त्यति धेरै अपेक्षा गर्ने बेला अहिले भइसकेको छ जस्तो मलाई लाग्दैन ।

(आफ्नो कार्यकालको तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा प्रधानसेनापति थापाले बुधबार जंगीअड्डामा गरेको सम्वोधनको सम्पादित अंश)

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…