नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितकोे संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर एक हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १४ हजार ४ सय ४८ छन् भने ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ८ लाख १० हजार ४८५ परीक्षणहरु ग%4िएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन् ।

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो…

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो…

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको…

कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ…

एप्पलकै बाटो पछ्याउदै सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे । यद्यपि…

अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष…