पूर्वसभामुख महराको पहलमा दाङको छिल्लिकोटमा टेलिकमको टावर स्थापना

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका स्थित छिल्लीकोटमा पहिलो पटक नेपाल टेलिकमको टावर स्थापना भएको छ । हाल सम्म दाङ जिल्लाको टेलिकमले काम नगर्दा फोन नै लाग्न समस्या हुने छिल्लिकोट र आसपासको क्षेत्रका जनताको अत्याधिक माग भएपछी पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर दुईका प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराको बिशेष पहलमा नेपाल टेलिकमले छिल्लिकोटमा टेलिफोन टावर जडान गरिएको हो ।

तुलसीपुर उप–महानगरपालिका –१९ स्थित छिल्लीकोटमा टेलिफोनको टावर जडान गरिएपछी त्यस क्षेत्रमा टेलिफोनका अलावा ‘फोर जी’ को ईन्टरनेट सेवा समेत सुचारु गर्ने तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

महरा आफु संचारमन्त्री हुँदा ‘हात हातमा मोवाईल घर-घरमा ईन्टरनेट” को अत्यन्तै महत्वाकांक्षी नारा लिएर नेपाली संचार जगतमा कायापलट गर्ने योजना लिए संगै यसको विस्तारका लागि लागिपरेका छन् ।

हाल उक्त स्थानमा स्थापित टावरका लागि आवश्यक पर्ने विद्युत जडानको काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकम घोराहीका प्रमुख अमरनाथ योगीले जानकारी दिए ।

%E0द्युतकरणको ईस्%Eिमेण्टको जिम्मा बिद्युत प्राधिकरणले लिएको भन्दै त्यसले ईष्टिमेण्ट बनाएर दिन छिट्टै ईन्टरनेट र टेलिफोन सुचारु गरिने योगीको भनाई छ । एस सय पचास घरधुरीको संख्यामा रहेका स्थानिय गाउँलेहरु टेलिफोन नुहदा बर्षाै समस्या भोग्दै आएका थिए ।टावर नुहदा घरबाट बिदेशीका आफन्त र ईष्टमित्रसंग कुरा गर्न रोल्पा र दाङको बिजौरी,संक्राम, स्यालापानी पुग्नु पर्ने बाध्यता रहेको स्थानिय परवीर पुनले बताए ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…