चिनियाँ विद्यार्थीलाई लिएर अमेरिकाले उठायो यस्तो कडा कदम

वासिङ्टन । अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो ।

चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरुको अमेरिका प्रवेशमा क डाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नु भएको थियो ।

 

भर्खरै प्रकाशित

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…

ड्राइगन चाइनिज नाम भएको भन्दै भारतमा ड्राइगन फ्रुटको नाम परिवर्तन…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातले ड्य्रागन फ्रुटको नाम परिवर्तन गर्न खोजेको छ । ड्य्रागनले चीनलाई सम्झाउने भएकाले नाम परिवर्तन गर्न खोजिएको हो । त्यस…

भारतले सहयोगमा दिएको भ्याक्सिन नेपाल आइपुग्यो

काठमाडौं, ८ माघ । भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो…

वर्षभरीको पाप पखाल्न माइनस १४ डिग्रीको पानीमा डुबुल्की मारे रुसी…

मंगलबार ६८ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मास्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको पुलमा डुबेका थिए। पुटिन आइस जमेको पानीमा डुबेको…

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…