प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा अस्वीकारर्ने गर्ने मै हुँ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो संविधानसभाको विघटनको रात पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका छन्।

उनले संविधानमा १० राज्यका पक्षमा सहमति जनाए प्रधानमन्त्रीमा माओवादीले समर्थन गर्ने प्रस्ताव प्रचण्डले आफूलाई गरेको खुलासा गरेका हुन्।तर आफूले जातीय राज्य नमान्ने अडान राखेको पौडेलको भनाइ छ।

‘बालुवाटारमा राति प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, झनलाथ खनाल, केपी ओली हुनुहुन्थ्यो, प्रचण्डले रामचन्द्रजी दश वटा राज्यका पक्षमा सहमति जनाउनूस्, तपाईलाई प्रधानमन्त्री बनाउँछु भनेर प्रस्ताव गर्नुभयो,’ बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा पौडेलले भने, ‘तर मैले प्रधानमन्त्रीको कुर्सी त के, इन्द्राशन नै दिए पनि मान्दिन भनेर जवाफ दिएँ।किनकी जातीय आधारमा राज्य हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।’

बालुवाटारमा सहमति नभएपछि त्यही रात तत्कालीन प्रधानमन्त्री भट्टराईले संविधान सभा विघटन गरेको पौडेलले उल्लेख गरे।

उनले संविधानका कतिपय प्रावधानमाथि पार्टीभित्रैबाट उठिरहेका प्रश्नप्रति असहमति जनाए।संविधानका एक एक अक्षरमा लडाईं भएको छ।लोकतान्त्रिक संविधान बनाउन पार्टीकातर्फबाट प्रत्येक शब्दमा मैले बहस गरेको छु,’ उनले भने, ‘लोकतान्त्रिक संविधानको स्वामित्व हामीले लिनुपर्छ ।’

भर्खरै प्रकाशित

बंगलादेशमा फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन

१२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी सहर ढाकामा मंगलबार हजारौं मानिसहरुले फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन गरेका छन् । फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा…

भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो…

काठमाण्डु उपत्यकामा थपिए ८४३ जना कोरोना संक्रमित

काठमाण्डु । काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा ६९६,भक्तपुरमा २९ र…

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…