विद्युत प्राधिकरणमा कुलमान नै आउने पक्का , मन्त्रिपरिषदमा प्रस्ताव लिदै ऊर्जामन्त्री पुन

काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषधमा लिने तयारी गरेको छ।

ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव लैजाने तयारी गर्नुभएको हो।

मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजान फाइल तयार गरिसकेको मन्त्रालयका एक अधिकारीले बताए।

पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गर्नुभएका घिसिङलाई पुनर्नियुक्ति दिन नागरिक तहबाटै व्यापक माग भइरहेको छ।

घिसिङ आफैंले भने केही दिनअघि विज्ञप्तीमार्फत् हालका प्रधानमन्त्री ओली र मन्त्री पुन एवं उहाँहरु भन्दा पहिलेका प्रधानमन्त्री र ऊर्जामन्त्रीहरुको नेतृत्व र योजनाअनुसार आफुले काम गरेर परिणाम निकालेको बताउनुभएको थियो।

कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल यही भदौ २९ गते आइतबार सकिँदै छ। उहाँलाई त्यसअघि नै पुनर्नियुक्ति दिएर निरन्तरता दिने मन्त्रालयले तयारी गरेको बताइएको छ।

त्यही तयारी अनुसार मन्त्री पुनले दुई हप्ताअघि प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गर्नुभएको थियो। जसमा आफुले प्रधानमन्त्री ओली घिसिङलाई निरन्तरता दिन सकारात्मक रहेको पाएको मन्त्री पुनले सार्वजनिक रुपमै बताउनुभएको थियो।

सोमबार गृह जिल्ला रोल्पा जानुभएका मन्त्री पुन बुधबार काठमाडौं फर्किने उहाँका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले बताउनुभयो। प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै बनाउन प्रस्ताव लैजाने तयारी भएको स्वकीय सचिव चापागाईंले पनि पुष्टि गर्नुभयो।

भर्खरै प्रकाशित

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको…

यो हो करोडौँमा तस्करी हुने संसारकै विषालु भ्यागुतो

पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन्…

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…