कोरोनाबाट पाठ सिकेर अर्को महामारीका लागि विश्‍व तयार हुनुपर्छ : डब्लूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।

कोरोनाले सबैलाई पाठ सिकाएको उल्लेख गर्दै टेड्रोसले भने, ‘कोरोनाले सिकाएको एउटा कुरा के हो भने स्वास्थ्य भनेको विलासिताको बस्तु होइन । यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार हो ।’

महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताए ।

उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । ‘यो नै अन्तिम महामारी हुँदैन, इतिहासले बताउँछ कि महामारी हाम्रो जीवनको वास्तविकता हो । अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्छ,’ उनले भने ।

उनले केही देशले सार्स, मर्स, पोलियो, इबोला र फ्लुलगायतका महामारीबाट सिकेर तुलनात्मक रुपमा राम्रो काम गरेको बताए । केही देशले मेडिसिनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउँदै महानिर्देशक टेड्रोसले धेरै देशले भने आधारभूत जनस्वास्थ्यका क्षेत्रमा पनि हेलचेक्य्राइँ गरेको बताए ।

उनले कोरोना नियन्त्रण तथा रोकथाममा कम्बोडिया, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, रुवान्डा, सेनेगल, स्पेन, भियतनामलगायतका देशले प्रभावकारी कदम चालेको बताए । महामारी नियन्त्रणका विषयमा जर्मनीबाट पनि धेरै कुरा सिक्न सकिने उनले बताए ।

‘जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०२६ सम्ममा जर्मनीको जनस्वास्थ्यमा ४ अर्ब युरो लगानी गर्ने कुरालाई म स्वागत गर्छु’, उनले भने, ‘म सबै देशलाई जर्मनीको उदाहरण हेर्दै जनस्वास्थ्य र प्राथमिक स्वास्थ्य उपचारमा लगानी गर्न आग्रह गर्दछु ।’

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना महामारी विश्वका एकाध देशबाहेक सबैतिर फैलिएको छ । मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७३ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट ८ लाख ९२ हजारभन्दा बढीको मृ’त्यु भएको छ भने कोरोना पुष्टि भएकामध्ये करिब एक करोड ८३ लाख जना संक्रमणमुक्त भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ६३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकामा कोरोनाबाट एक लाख ८९ हजारभन्दा बढीको मृ’त्यु भएको छ भने २३ लाख ३३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा अहिलेसम्म ४२ लाख ८० हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ७२ हजारभन्दा बढी रहेको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ३३ लाख २३ हजारभन्दा बढी निको भएका छन् ।

 

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…