चीनको भ्याक्सिनले ठूलो संख्यामा ट्रायल पूरा गर्‍यो, नेपालमा कहिले सम्म आउला ?

काठमाडौं। चीनको व्याक्सिन विकासकर्ता कम्पनी सिनोभ्याकले ठूलो संख्यामा भ्याक्सिनेसन पूरा गरेको छ । कम्पनीका प्रमुख कार्यकारीका अनुसार सिनोभ्याकले आफ्ना ९० प्रतिशत कर्मचारी र उनहिरुको परिवारलाई भ्याक्सिन दिइसकेको छ । यो भ्याक्सिनलाई जुलाइमा आकस्मिक प्रयोगको लागि स्वीकृति दिइएको थियो । कम्पनीले अहिले यो भ्याक्सिनको आकस्मिक प्रयोगसम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

कोरोनाभाइरसका केसहरु फेरि बढ्न थालेको अवस्थामा कम्पनीका श्रमिकहरुलाई यो भ्याक्सिन दिइएको कम्पनीले जनाएको छ । भ्याक्सिनको ट्रायल अहिले पनि जारी छ । भ्याक्सिनको आकस्मिक कार्यक्रम केही विशेष समूहका व्यक्तिहरुको लागि मात्र हो जसमा स्वासथ्य सेवाका कर्मचारी, खाद्य बजारमा काम गर्नेहरु, यातायात, ढुवानी र सेवा क्षेत्रमा काम गर्ने मानिसहरु समावेश छन् । यो भ्याक्सिनको तेस्रो चरणको ट्रायल जारी छ र यसरी आकस्मिक प्रयोजन पनि ट्रायलकै एक अंग हो ।

कम्पनीका सिइओ यिन वेइडोंगले रोयटर्सलाई बताएअनुसार यो भ्याक्सिन २ हजार देखि २ हजार कर्मचारी र उनीहरुका परिवारलाई दिइसकिएको छ । आकस्मिक कार्यक्रम अन्तर्गत गरिएको भ्याक्सिनेसनको तथ्यांकले भोलिका दिनमा यो भ्याक्सिन सुरक्षित छ वा छैन भन्ने कुराको प्रमाण दिने उनले बताए । यो तथ्यांक रजिस्टर्ड क्लिनिकल ट्रायल प्रोटोकल अन्तर्गतको होइन त्यसैले भ्याक्सिनलाई स्वीकृति दिने बेला नियामक अधिकारीहरुले यी तथ्यांक हेर्ने छैनन् ।

यिनका अनुसार भ्याक्सिनको आकस्मिक कार्यक्रममा सहभागी कर्मचारी र उनका परिवारलाई भ्याक्सिनको साइड इफेक्टबारे पहिले नै बताइएको थियो । यिनले आफूले पनि यो भ्याक्सिनको डोज लिएको बताए । उनका अनुसार भ्याक्सिन दिनुभन्दा पहिले डाक्टरहरुले स्वयंसेवकहरुको स्वास्थ्यबारे पूरै जानकारी लिएका थिए । यो भ्याक्सिनको मिड स्टेज ट्रायलमा यसले थकान, ज्वरो, शरीर दुख्ने जस्ता साइड इफेक्ट ल्याउने देखिएको थियो । यी लक्षणहरु निकै हल्का थिए ।

सिनोभ्याकको भ्याक्सिनको तेस्रो चरणको ट्रायल पनि अहिले अन्तिम चरणमा पुगिसकेकोले यसको नतिजा छिटै आउने अपेक्षा गरिएको छ । त्यसपछि मात्र यो भ्याक्सिनले स्वीकृति पाउनेछ र विदेशमा निर्यात गर्न पाइनेछ । अहिले गरिएको आकस्मिक भ्याक्सिनेसन भने चीनको लागि मात्र हो । तेस्रो चरणको ट्रायलको नतिजा आएर भ्याक्सिनले स्वीकृति पाइसकेपछि भने यो भ्याक्सिन आम मानिसलाई दिन सकिनेछ । त्यतिबेला उत्पादन क्षमता र कम्पनीले कसलाई पहिलो प्राथमिकतामा राखेर भ्याक्सिन दिन्छ भन्ने कुराले कुन देशले पहिले भ्याक्सिन पाउँछ भन्ने निश्चित हुनेछ ।

 

भर्खरै प्रकाशित

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…

ड्राइगन चाइनिज नाम भएको भन्दै भारतमा ड्राइगन फ्रुटको नाम परिवर्तन…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातले ड्य्रागन फ्रुटको नाम परिवर्तन गर्न खोजेको छ । ड्य्रागनले चीनलाई सम्झाउने भएकाले नाम परिवर्तन गर्न खोजिएको हो । त्यस…

भारतले सहयोगमा दिएको भ्याक्सिन नेपाल आइपुग्यो

काठमाडौं, ८ माघ । भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो…

वर्षभरीको पाप पखाल्न माइनस १४ डिग्रीको पानीमा डुबुल्की मारे रुसी…

मंगलबार ६८ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मास्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको पुलमा डुबेका थिए। पुटिन आइस जमेको पानीमा डुबेको…

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…