रुसले बनाएको कोरोना खोपको शुरुवाती परीक्षणमा नतिजा सकारात्मक

काठमाडौं । रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ ।

मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणमा खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्वरो आउनेजस्ता सामान्य साइड इफेक्ट मात्र देखिएको थियो ।

शोधकर्ताहरुले प्रतिरक्षा प्रणालीको अर्को महत्वपूर्ण पक्ष टी सेल्सको बारेमा पनि अध्ययन गरेका थिए । २८ दिनमा मानिसको शरीरमा टी सेल्सले पनि कोरोना भाइरसविरुद्ध काम गर्न शुरु गरेको अध्ययनमा पाइएको थियो ।

क्लिनिकल परीक्षणको शुरुवाती दुई चरणले खोपको सकारात्मक संकेत मात्र दिने तर यसको वास्तविक परीक्षा तेस्रो चरणको परीक्षणमा हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् । यसअघि नै रुसले आफ्नो ‘स्पुतनिक भी’ विश्वको पहिलो कोरोना खोप भएको घोषणा गरिसकेको छ ।

यद्यपि वैज्ञानिकहरुले भने आवश्यकताभन्दा छिटो खोपको घोषणा गर्नु घातक हुने भन्दै खोपको सुरक्षामाथि आशंका व्यक्त गर्दै आएका छन् । स्रोत : सीएनएन

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…