अशोभनीय ढंगले रथ तानेकोप्रति मर्माहित छु : मेयर चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार कुनै योजनाबिना रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको घ टनाप्रति आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले बिनायोजना अशोभनीय ढंगले रथयात्रा गराइएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् ।

धार्मिक एवं सांस्कृतिक महत्व बोकेको करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो रातो मत्स्येन्द्रनाथको रथलाई स्थानीय सरकार र प्रशासनलाई समेत खबर नगरी तान्ने प्रयास गर्नुले संस्कृति र सम्पदाप्रेमी सबैको मन दुखाएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएपछि सार्वजनिक कार्यक्रममा सहभागी नभएका महर्जन बिहीबार दिउँसो नेगेटिभ रिपोर्ट आएपछि प्रशासनमा बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी थिए ।

उनले रातो मत्स्येन्द्रनाथको रथयात्रामा ललितपुर महानगरको प्रमुख भूमिका नहुने भन्दै आफ्नै स्थानीय तहमा पर्ने धार्मिक कार्य भएकोले यसमा ‘लजिस्टिक’ सहयोग मात्रै गर्ने गरेको पनि विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन् ।

प्रमुख महर्जनले भाद्र २६ गतेभित्र रथयात्राको सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नेगरी सांकेतिक रथयात्रा मात्रै गर्ने जिल्ला प्रशासन कार्यालय र विभिन्न जातीय संगठनबीच सहमति भएको जनाएका छन् ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…