शिक्षण शुल्क नतिरेको भन्दै बोर्डिङ स्कूलका संचालकले अभिभावकको खुट्टा भाँ’चिदिए

शिक्षण शुल्क नतिरेको विषयमा नवलपरासी पश्चिमका एक अभिभावक निजी बोर्डिङ स्कूलका सञ्चालकबाट नि’र्घात कु’टिएर सख्त घा’इते भएका छन्।

नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका ६ रानीनगर स्थित उज्जवल शिशु इंगलिश बोर्डिङ स्कूलका सञ्चालक एंव प्रधानाध्यापक दीपक कुँवरको कु’पिटबाट नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा न ३ पत्थरकला निवासी ५२ वर्षीय कृष्णप्रसाद शर्माको दायाँ खुट्टा भाँचिएको हो।

साउन २८ गते प्रधानाध्यापकले दुई छोराहरुको बक्यौता शुल्क माग गरेको र कोरोना कहरका कारण तत्तकाल पैसा तिर्न नसक्ने बताएपछि अभिभावक आचार्यमाथि कु’टपिट भएको थियो। आचार्यको हाल बुटवलस्थित लुम्बिनी सिटि अस्पतालमा उपचार भइरहेको छ।

विगत २४ दिनदेखि उपचाररत आचार्यले एक्कासी शिक्षक जस्तो व्यक्तिले आ’क्रम’ण गरि जीवनभरका लागि अशक्त बनाइदिएको गुनासो गरे। दुई छोराहरुले तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको ३० हजार शुल्क तिर्न बाँकी रहेको उनले बताए ‘विचमा उहाँले पैसा माग्नुभएन, बजार हिडेको बेला पैसा माग्नुभयो, अहिले १० हजार जति दिन्छु बाँकी पछि दिउला सर भनेको मात्र के थिएँ, लात्ति लात्तिले हान्नुभयो’ अस्पतालको बेडमा रहेको आचार्यले भने।

घटना भएको लामो समयसम्म विद्यालय सञ्चालक कुँवरले पहुँचका आधारमा मुद्धा दर्ता नगर्न दबाव दिएको र प्रहरीले समेत दोषीलाई उन्मुक्ति दिएको पीडित परिवारको गुनासो छ।

न्याय नै नपाउने अवस्था आउने भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा मुद्धा दर्ता गरेको छोरा लक्ष्मणप्रसाद आचार्यले बताए। उनले आर्थिक रुपमा कमजोर परिवारमा सञ्चालक कुँवरको कुटपिटबाट ठूलो अपरेशन गर्नुपरेको बताए।

औषधि उपचारमा मात्रै अहिलेसम्म २ लाख भन्दा बढी रकम खर्च भइसकेको छोरा लक्ष्मणले बताए। शुल्क नतिरेपछि उत्पन्न विवादपछि घ ट ना भएको प्रहरीले जनाएको छ।

पीडितले भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व) कावासोतीमा अङ्ग भङग मु द्धा दर्ता गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए। उनले मु द्धा दर्ता भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको र पिडकको खोजी कार्य भइरहेको बताए।

तर विद्यालय सञ्चालक कुँवरले भने राजनीतिक पहुँचका आधारमा खुलम खुल्ला हिडिरहदा पनि प्रहरीले प क्रा उ नगरेको पीडितको आ रोप छ।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…