बेरुतको भग्‍नावशेषमा जीवीत मानिस भेटिने आशा : ३० दिनपछि खोजि कार्य सुरु

बेरुत । लेबननको बेरुतमा भीषण वि’स्फो’टको ३० दिनपछि सम्भावित जीवीत मानिसको उद्धारका लागि उद्धार टोली खटिएको छ ।

भग्नावशेषभित्र शुक्रबार जीवीत मानिस हुनसक्ने भन्दै उनीहरुले खोतलेका छन् । लेबनिस नागरिक रक्षाका प्रमुख जर्ज अबु मुसाका अनुसार सम्भावित जीवीत मानिसहरुको लोकेसन आधा मिटर परसम्म उद्धार टोली पुगेको थियो ।

बिहीबार खोजी टोली मार मिखाइल क्षेत्रसम्म खोजी गर्दै पुगेका थिए । जुन ठाउँ वि’स्फो’टको केन्द्रविन्दु नजिकै थियो ।

उद्धार टोलीले भग्नावशेषभित्र जीवीत मानिसहरुको स्वास वा धडकन सुन्नसक्ने उपकरण पनि साथमा लिएर खोजी कार्य गरिरहेको छ । जस अनुसार प्रति मिनेट कम्तिमा १८ वटा स्वासप्रस्वास सुन्न सम्भव भएको बताइएको छ ।

केही अधिकारीहरुले भने जीवीत मानिस भेटिनसक्ने सम्भावना ज्यादै न्युन भएको बताएका छन् । यसअघि हाइटीमा शक्तिशाली भूकम्प गएको २८ दिनपछि भग्नावशेषबाट एकजनालाई जीवीत उद्धार गरिएको थियो ।

बेरुतमा उद्धारकार्य जारी रहँदा सयौँ युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् । गत अगस्ट ४ मा बेरुतमा शक्तिशाली वि’स्फो’ट हुँदा १ सय ९० जनाको मृ’त्यु हुनुका साथै ६ हजार भन्दा धेरै घाइते भएका थिए ।

यस्तै ३ लाख भन्दा धेरै विस्थापित भएका थिए । विस्फोटपछि लेबननमा राजनीतिक संकटको पनि जोखिम देखिएको बताइन्छ ।

 

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…