विश्वभरीका १५० सुन्दरीसँग अरबौं खर्चमा चलिरहेको राजकुमार सलमानको पार्टीबारे पत्रकारलाई थाहा भएपछि

काठमाडौं। साउदी राजकुमार मोहम्मद बिन सलमान आफ्नो विलासी जीवनशैली र विवादका कारण चर्चामा रहिरहन्छ। पत्रकार जमाल खशोग्गीको ह’त्या देखि शाही परिवारका सदस्यहरुविरुद्ध कडा का’रवाहीका कारण उनी चर्चामा रहिरहेका छन् ।

एक अमेरिकी मोडलसँग एक रात बिताउन करोडौं डलर दिन तयार भएका राजकुमार सलमान निकै विलासी जीवन बिताउँछन् ।

पछिल्लो समय राजकुमार सलमानको विलासी जीवनशैलीको बारेमा निकै ठूलो खुलासा भएको छ । एउटा नयाँ किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले माल्दिभ्सको एक प्राइभेट आइल्याण्डमा भव्य पार्टी दिएका थिए जहाँ अर्बौं खर्च भएको थियो ।

यो पार्टीमा आउने पाहुनाहरुलाई खुसी पार्नको लागि ब्राजिल, रुससहित विश्वका विभिन्न स्थानबाट १५० मोडलहरुलाई बोलाइएको थियो ।

‘ब्लड एण्ड आयदः मोहम्मद बिन सलमान्स रुथलेस क्वेस्ट फल ग्लोबल पावर’ नामको किताबमा दावी गरिएअनुसार यी सबै १५० मोडलहरु माल्दिभ्स आएपछि उनीहरुलाई कुनै किसिमको यौनजन्य रोग भए नभएको जाँचसमेत गरिएको थियो ।

किताबमा उल्लेख भए अनुसार यो पार्टीमा मोहम्मद बिन सलमानका खाडी देशका केही दर्जन पाहुनाहरु सहभागी भएका थिए । यो निजी आइल्याण्डलाई विश्वका सबैभन्दा भव्य र महंगा स्थानहरुमा गनिन्छ ।

किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले करिब १ महिनासम्म यहाँ पार्टी गर्ने योजना बनाएका थिए । तर स्थानीय अखबारले यसबारे थाहा पाएर समाचारमा यसको खुलासा भएपछि राजकुमार सलमान सबै विदेशी मोडललाई साथमा लिएर त्यहाँबाट भाग्नुपरेको थियो ।

राजकुमार सलमानले यो टापुमा ३ सय कर्मचारी, ४८ निजी भिला र हिउँ वर्षाउने मेसिन समेत भाडामा लिएका थिए । पाहुनाहरुको गोपनीयतालाई ध्यानमा राख्दै यो पार्टीमा फोन प्रतिबन्धित थियो ।

सबै पाहुनाहरुलाई केवल नोकिया ३३१० फोन ल्याउने अनुमति थियो । वाल स्ट्रिट जर्नलका पत्रकार रहेका लेखकहरुले बिताबमा बताएअनुसार यहाँ ल्याइएका १५० मोडलको यौनरोग परक्षिणपछि उनीहरुलाई भिलाभित्र लगिएको थियो ।

त्यसपछि मोहम्मद बिन सलमान आफ्नो सी प्लेनमा त्यहाँ पुगेका थिए । सलमानले डिजै अफरोज्याक र पिटबुललाई पनि हायर गरेको बताइउको छ । राजकुमार सलमान आफैं स्टेजमा पुगेको पनि दावी गरिएको छ ।

किताबमा उल्लेख भए अनुसार राजकुमार सलमानले पार्टीमा आफैं आफूलाई मन पर्ने गीत बजाउन थालेका थिए र त्यहाँ भएका पाहुना र मोडलहरुले उनको समर्थन गरेका थिए ।

यी सबै रातभर पार्टी गर्थे र दिनभर सुत्थे । राजकुमार सलमानले ५० करोड डलरमा एउटा फाइभस्टार याट पनि बुक गरेका थिए । यो याटमा दुई हेलिप्याड र मुभी थिएटर तथा पानीभित्रबाट समुद्रमा हेर्ने सुविधा थियो ।

 

भर्खरै प्रकाशित

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…

न्यूज २४ र रवि लामिछानेबीच ‘सिधा कुरा’ कपिराइट विवादबाट द्वन्द्व…

काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज…

जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार…

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ। गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने…