सीपीएल : दुई खेल बाँकी हुँदै सन्दीपको टोली सेमिफाइनलमा

ट्रिनीडाड । क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले सेमिफाइनमा स्थान बनाएको छ । आफ्नो खेल वर्षाका कारण अवरुद्ध हुनुका साथै पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो ।

गएराति सुरु भएको जमैका र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवैले १–१ अंक बाडेका थिए । ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो ।

सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएपछि दुवैले अंक बाँडेका हुन् ।

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै समेमिफाइनलमा स्थान बनाएको हो ।

८ खेल खेलेको जमैकाको ७ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा छ । लिग चरणका एक–एक खेल मात्रै खेल्न बाँकी रहेका बाबौडोज ट्रिडेन्सको ४ र सेन्ट किट्सको ३ अंक मात्रै छ । यी दुवै टोलीले बाँकी एक खेल निते पनि ६ र ५ अंक मात्रै हुने भएपछि जमैका दुई खेल नखेल्दै सेमिफाइनलमा पुगेको हो ।

यो सँगै सिपिएलको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । ट्रिन्बागो नाइटराइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैका तलावाजले सेमिफाइनमा स्थान बनाउदा साविक विजेता बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटस प्रतियोगिताबाट बाहिरिएका छन् ।

जमैकाले अब लिग चरणका बाँकी खेल ६ सेप्टेम्बरमा बार्बाडोजसँग र लुसिया जुक्ससँग ७ सेप्टेम्बरमा खेल्ने छ ।

सन्दीपले सीपीएलका यस सिजनका ७ खेलमा बलिङ गर्दा १० विकेट लिन सफल भएका छन् ।

भर्खरै प्रकाशित

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…

भट्टराईको आक्रोश : केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ,…

रामेछाप । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् । ‘म…

अर्नब गोस्वामीको गोप्य च्याट लिकः पाकिस्तानमा गरिएको एयरस्ट्राइकबारे पूर्व जानकारी

बालकोट एयरस्ट्राइकको बारेमा रिपब्लिक टिभीका एडिटर इन चीफ अर्नब गोस्वामीलाई पहिलेदेखि नै थाहा थियो । यो दाबी अल्ट न्यूजका कोफाउन्डर प्रतीक सिन्हाले गरेका हुन् ।…