नेपाली कांग्रेसको अपिल : रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने कांग्रेसको धारणा छ ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच भएको झडपको घटनाप्रति कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ ।

परम्परागत जात्रा सन्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबीच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसको ठहर छ ।

रथ तान्ने विषयमा विवाद हुँदा विहीबार स्थानीय र प्रहरीबीच झडप हुँदा स्थिति दिनभर तनावग्रस्त भएको थियो । त्यसलाई मध्यनजर गरी आज ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाइएको छ ।

शुक्रबार बिहानैदेखि ललितपुर चक्रपथ क्षेत्रभित्र कर्फ्यू

ललितपुर जिल्लाको चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यू आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको हो । मत्स्येन्द्रनाथ संक्षिप्त रथयात्रा गर्न कर्फ्यू लगाइएको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कर्फ्यू आदेश जारी गरिएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदासमेत सचेत नभएको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यु जारी गरिएको उनले बताए ।

ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई, गुठी संस्थानका अधिकारी र १९ जातीय संगठनको संयुक्त बैठकले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेको छ ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…