काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा त’नाव बढिरहेका बेला दुई देशका नेताहरुका पनि धारणाहरु आइरहेका छन्। सीमा क्षेत्रमा अगस्ट २०, ३० र सेप्टेम्बर १ मा भारतीय सेना र चिनियाँ सेनाबीच झ’डप भएको खबर आइरहेका बेला चिनियाँ विदेशमन्त्री वांग यीले राष्ट्र संघमा एक मन्तव्य दिँदै चीनले कसैलाई पनि आ’क्र’मण नगर्ने तर आ’क्र’मण गरे नछोड्ने बताएका हुन्।
उनको यो भनाई भारतसँग सीमा क्षेत्रमा तनाव चर्किरहेका बेला आएको हो। १९६२ पछि हालका दिनमा चीन र भारतबीच सबैभन्दा नाजुक सम्बन्ध रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले बताएको केही दिनपछि चिनियाँ विदेशमन्त्रीको यो भनाई आएको हो।
चिनियाँ विदेशमन्त्री यीले चीनले विश्वमा शान्ति चाहेको भन्दै चीनले कुनै पनि प्रकारको विस्तारवादी नीति वा माग नगरेको बताएका छन्। उनले चीन विरोधी गतिविधि भए त्यसको जवाफ दिइने भन्दै उनले चीनले आफ्नो संप्रभुताको रक्षा गर्ने बताएका छन्।
उनले राष्ट्रसंघले विश्वमा शान्तिका लागि काम गर्नुपर्ने भन्दै शीत यु’द्धको मानसिकता सबैले त्याग्नुपर्ने र वार्तालाई महत्व दिनुपर्ने बताएका छन्। पछिल्ला दिनहरुमा अमेरिका र चीनबीच पनि विभिन्न क्षेत्रमा तनाव बढिरहेको छ। जसलाई नयाँ शीत यु’द्ध भन्ने गरिएको छ।
अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै ठुलो नौसेना भएको मुलुक
चीन विश्वको ठुलो नौसेना भएको मुलुक बनेको छ । उसले नौसेनाको आकारमा अमेरिकालाई उछिनेको छ ।
चीनले एक दशकमो अहिलेको नौसेनालाई दोब्बर बनाउने उद्देश्य समेत लिएको छ । उसले इन्डो प्यासिफिक क्षेत्रमा सामरिक पहुँच विस्तार गर्दै लगेको छ ।
पेन्टानगनको रिपोर्ट उल्लेख गर्दैै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनसँग ३५० यु’द्ध’क जहाज र यु’द्धपोत रहेको छ । अमेरिकासँग २९३ वटा यु’द्धपोत छ ।
अमेरिकासँग ११ वटा एक लाख टन यु’द्धकविमान बोक्ने नौसेनिक यु’द्ध’पोत रहेको छ । चीनसँग हाल ८ वटा यस्तो यु’द्ध’पोत रहेकोमा दुईवटा निर्माणको उद्देश्यमा रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
चीनले अफ्रिका, दक्षिण एशियालगायतका क्षेत्र नजिकका समुन्द्रमा पहुँच बढाउन थालेको छ । उसले कपितय क्षेत्रमा स्टेशन समेत बनाइसकेको छ ।