डिलक्स गाडीका टायर कुहिन थाले, जोगाउने उपायबारे प्लाष्टिकको खोल

पोखराका कान्ति श्रेष्ठका १२ वटा ठूला आकारका बस छन् । ‘लालिमा डिलक्स’ नाममा उनले ती बस पोखराबाट कटारी र कटारी–काठमाडौं लगायतका रुटमा चलाउँदै आएका थिए । कोरोना भाईरस संक्रमणका कारण उनका सबै गाडी चैत ११ पछि थन्किएका छन् ।

लकडाउनले चल्न नपाउँदा उनका गाडी कटारी, पोखरा र काठमाडौंमा रोकिएका छन् । केही गाडी साथीभाईको ग्यारेजभित्र राख्न पाएपनि सबै गन्तव्यमा उनले सुरक्षित ठाउँ पाएनन्, अनि खुला मैदान र सडकमै गाडीलाई ठड्याएका छन् । महिनौसम्म सडकमा गाडी रोकिँदा ती सवारीका टायर कुहिन थाले, अनि उनले जुक्ति निकाले, टायर जोगाउने उपायबारे ।

रोकिएका गाडीको टायर जोगाउनकै लागि उनले ठुला आकारका प्लाष्टिक किने, ती प्लाष्टिकलाई टायरकै आकारमा काटे, अनि गाडीका टायरलाई ¥यापिङ गरेर घामपानी पर्नबाट जोगाएका छन् ।

सुरुमा केहीदिनका लागि मात्र लकडाउन हुने ठानेर चालक र सहचालकले अन्तिम गन्तव्यमा गाडी ठड्याएर घर गए । तर, महिनौसम्मको लकडाउनले त गाडी जहीँको तही रोकिए, घर पुगेका चालक र सहचालक व्यवस्थापनका लागि गाडीसम्म आउने अवस्था रहेन । खुलमखुला घामपानीमा ती गाडी सेकिदै र डुब्दै गए ।

उनका अनुसार एकजोडी नयाँ टायरको बजार मूल्य ७२ हजार रुपैयाँ पर्छ । लामो दूरीमा चल्ने भएकोले सबैजसो गाडीमा नयाँ टायर छन् । ‘ती गाडीका टायर फेरेपछि धेरै दिन गुड्न पनि पाएका थिएनन् । गुड्नै नपाई कुहिने डर भएकोले प्लाष्टिकले बेरेको हुँ,’ उनले भने ।

श्रेष्ठका अनुसार जहीतही सडक र खुला मैदानमा सवारी रोकिँदा ती सवारीभित्र रहेका महत्वपूर्ण सामान चोरी भएका छन् । बसमा रहेका टिभी, म्यूजिक सिस्टम, ब्याट्रि लगायतका सामान चोरीएका छन् । उनका अनुसार गाडीभित्र मुसा पसेर सिटदेखि तारसम्म ठाउँठाउँमा काटेका छन् । संक्रमण नरोकिँदा र लामो दूरीको बस संचालन गर्न नपाउँदा आर्थिक रुपमा झनै डामाडोल हुँदै गएको उनले बताए । अब यी गाडी सडकमा निकाल्दा कम्तिमा प्रत्येक गाडीका लागि कम्तिमा डेढलाख रुपैयाँ खर्च हुने श्रेष्ठले बताए ।

अर्का बस व्यवसायी सनतकुमार श्रेष्ठले पोखराबाट विभिन्न पर्यटकीय रुटमा गाडी चलाउँदै आएका थिए । सञ्जोग ट्राभल्सका ब्राण्डमा उनीसँग ३४ वटा ठूला आकार गाडी छन् । उनका गाडी पनि पोखरा, वीरगञ्ज, चितवन, लुम्बिनी, काठमाडौंमा थन्किएका छन् । सञ्जोगका सञ्चालक श्रेष्ठका गाडीका अहिलेसम्म चारवटा ब्याट्रि, तीनवटा टिभी चोरी भईसकेका छन् ।

गाडीका शिशा समेत फुटाइएको उनले बताए । ‘एकैठाउँमा गाडी अड्याउन सकेको भए पो सुरक्षित हुन्थे, ठाउँठाउँमा रहेका छन । घामपानीमा सेकिएका छन,’ उनले भने,‘कहिले चलाउने भन्ने निश्चित छैन । दोहोरो घाटामा पर्ने अवस्था आएको छ । महिनौसम्म चल्न नपाएका गाडीका सरसामान नै चोरी हुँदा थप नोक्सान भएको छ ।’ जहाँतही रोकिएका गाडी भएकोले पनि सामान चोर्न सहज भएको उनले बताए ।

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार खुलमखुला रुपमा सडक किनार र खुलाचौरमा सवारी पार्किङ गर्दा अहिलेसम्म ५५ वटा टिभी, तीनसयवटा ब्याट्रि र अझै बढी संख्यामा म्यूजिक सिस्टम चोरी भईसकेका छन् । ‘एउटै टिभी र ब्याट्रिको २५ हजार रुपैयाँ हाराहारी पर्छ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, निजी उद्योग, कलकारखाना, सेयर बजार र अरु बजार खुलिसक्दा पनि यातायात व्यवसायीलाई मात्र प्रतिबन्ध लगाएर सरकारले असहजता निम्त्याएको उनले बताए । सरकारले लामो दूरीको यातायात खुलाउँदा बढी आलोचना खेप्नुपर्ने र जनता सडकमा आउने भन्ने त्रासले यो सबै अवरोध गरेको उनले बताए ।

भदौ १ देखि लामो दूरीको सवारी चलाउन दिने भनेपछि व्यवसायीले लाखौं रुपैयाँ खर्च गरेर सवारी मर्मतसम्भार गरेपनि चल्न नदिएर भदौ १६ मा सारेकोमा त्यो दिन पनि चलाउन नदिएर भदौ मसान्तसम्म धकेल्दा व्यवसायीलाई बिचल्ली बनाएको अध्यक्ष केसीले बताए । ‘अब भदौ मसान्तमा पनि चल्न दिएन भने हामीले त्यसपछि सडकमा सवारी निकाल्छौ र तेर्साउँछौ,’ उनले भने, ‘त्यसपछिको अवस्था सरकारले जिम्मा लिनुपर्नेछ । आन्दोलन बाहेक विकल्प भएन ।’

उनका अनुसार अहिले सार्वजनिक सवारीको रुपमा चलेका साधन व्यवसायीले आफु अनुकुलको ठाउँमा अड्याएका छन् । खुलाचौर, सडक किनारमा प्रयाप्त गाडी थन्किएका छन् । ती गाडीका पाटपुर्जा झारपातमा डुबिसकेका छन् भने सामान चोरी भईरहेका छन् । उनका अनुसार कम्पनिमा सबैगरि १३९७ वटा गाडी छन् । ६३ जिल्लामा पृथ्वीका यी गाडी गुड्छन । हरेक दिन पृथ्वीका ५ सय गाडी कुनै न कुनै रुटमा गुड्ने गर्दथे ।

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…