नेकपमा परिवारवाद : मेयर पदमा पराजित बाबु प्रदेश प्रमुख, छोरा रजिष्ट्रार !

बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएका छन् । झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा पराजित बुबा विष्णुप्रसाद प्रसाईलाई वागमती प्रदेश प्रमुखमा नियुक्त गरेको सरकारले उनका छोरा राजेशलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्टारमा नियुक्त गरेको छ ।

विष्णुप्रसाद तत्कालीन एमालेका पुराना नेता हुन । उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका आचार्यले २० हजार ७७६ मत ल्याएका थिए । तत्कालीन एमालेका उम्मेद्वार प्रसाईंले १९ हजार ४२२ मत ल्याएका थिए ।

पालिकाको चुनावमा पराजित भएका प्रसाईलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले १९ कात्तिक २०७६ मा बाग्मती प्रदेशको प्रमुख प्रमुखका रुपमा सपथ-ग्रहण गराएको थियो ।

उनै प्रदेश प्रमुखका छोरा राजेश प्रसाईलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बाबुकै उपस्थितिमा केही दिनअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाको रजिष्टारमा नियुक्त गरेका छन् ।

मदन भण्डारीका नाममा यो प्रतिष्ठान वागमती प्रदेश सरकारले गठन गरेको हो । र, बाबु जुन प्रदेशको प्रमुख छन्, त्यहीँ छोरालाई प्रतिष्ठानको रजिष्ट्रार बनाइएको हो ।

को हुन् राजेश प्रसाई ?

विष्णुप्रसाद प्रसाईका छोरा राजेशसँग अस्पताल म्यानेजमेन्टको अनुभव छ । उनले यसअघि विराटनगरको विराट आँखा अस्पताल, सञ्जिवनी अस्पताल, काकडभिट्टा आँखा अस्पताल, विराटनगरको आरके चिल्डेन अस्पतालका सल्लाहकार र आरके सिटी सेन्टरमा व्यावस्थापकको भूमिका निर्वाह गरेका थिए । विराट, सञ्जिवनी र काकड्भिट्टा अस्पतालमा उनको लगानीसमेत छ ।

केही वर्षअघि गोल्छा आँखा अस्पताल बिराटनगरबाट म्यानेजमेन्टको काम सुरु गरेका प्रसाईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्तिको तयारी थियो । तर, वीपीमा सम्भव नभएपछि उनी वागमती प्रदेश सरकारले २०७६ सालमा गठन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…