किम जोङ उनले ट्रम्पकी सेक्रेटरीलाई आँखा झिम्क्याएको दाबी, राष्ट्रपतिले यसरी जिस्क्याएका थिए

उत्तर कोरियाका शासक किम जोङ उनको विषयमा ह्वाइट हाउसकी पूर्व सेक्रेटरीले रोचक खुलासा गरेकी छिन् । पूर्व प्रेस सेक्रेटरी सारा स्यान्डर्सले आफ्नो नयाँ किताबमा किम जोङ उनले एकपटक उनलाई फ्लर्ट गर्ने कोसिस गरेको जानकारी दिएकी छिन् ।

जून २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सिंगापुर समिटमा भाग लिन जाँदा सारा पनि उनीसँगै थिइन् । साराका अनुसार किम जोङ उनले उनलाई आँखा झिम्काएका थिए ।

उनका अनुसार डोनल्ड ट्रम्पलाई पछि यसबारे जानकारी दिँदा उनले यसलाई मजाकको रुपमा लिए । ट्रम्पले हाँस्दै भने, ‘किम जोङले तिमीलाई फ्लर्ट गर्ने कोसिस गरे ? उनले साँच्चै नै यस्तो गरे ? उनले तिमीलाई लाइन मारे ?’

उक्त किताबमा बताएअनुसार ट्रम्पले ठट्टा गर्दै भने, ‘अब तिमी हामीहरुका लागि उत्तर कोरिया जाँदै छौ ।’ ‘द गार्डियन’ को रिपोर्ट अनुसार सारा स्यान्डर्सको किताब ‘स्पिकिङ फर माइसेल्फ’ अर्को मंगलबार रिलिज हुनेछ । किताबको एक प्रति गार्डियनसँग छ ।

सारा स्यान्डर्स रिपब्लिकन पार्टीसँग सम्बन्ध राख्ने प्रभावशाली परिवारकी हुन् । उनका पिता माइक हकबी सन् २००८ र सन् २०१६ मा राष्ट्रपति पदको उम्मेद्वार भएका थिए । हाल उनको नजर अरकनकासमा गभर्नरको प्रतिस्पर्धामा छ ।

रिपोर्टका अनुसार साराले आफ्नो किताबमा किम जोङ उनसँग सिंगापुर समिटको कुरा गरेकी छिन् । उक्त किताबमा बताइए अनुसार किम जोङ उनले निकै गाह्रो गरी ट्रम्पले दिएको टिक ट्याक (मिन्ट) स्विकार गरे । वास्तवमा किम आफ्नो सुरक्षाको विषयमा निकै सतर्क छन् र अन्य कुनै नेता र व्यक्तिबाट खासै केही कुराहरु स्विकार गर्दैनन् । ट्रम्पले किमलाई मिन्ट विष वा क्याप्सल नभएको भन्दै आश्वस्त पार्न त्यसलाई नाटकीय तरिकाले हावामा उफारेर देखाए ।

साराले किताबमा बताए अनुसार किम जोङ उन र ट्रम्पबीच खेल विशेषगरी वुमन सकरको विषयमा पनि कुराकानी भयो । सारा लेख्छिन्, ‘मैले अचानक देखेँ कि किमले मलाई घुरिरहेका छन् । हाम्रो आँखा जुध्यो र किमले आँखा झिम्काए । म अचम्मित भए । मैले तुरुन्त तल हेरेँ र नोट लिइरहेँ । म सोचमा परेँ कि भर्खरै के भयो ?’

किताबमा बताइए अनुसार किम जोङ उनसँगको भेटपछि एयरपोर्ट जाने बाटोमा बीस्ट गाडीमा बसेर साराले ट्रम्प र तत्कालीन स्टाफ प्रमुख जोन केलीलाई यस घटनाबारे बताइन् । त्यतिबेला ट्रम्पले अचम्मित हुँदै भने, ‘तिमीलाई उनले लाइन हाने ? ‘

उनले लेखेकी छिन्, ‘त्यतिबेला मैले ट्रम्पलाई यो कुरा ठट्टा गर्नका लागि नभनेको बताएकी थिएँ र त्यसपछि उनले यो चर्चालाई बन्द गर्न भने ।’

उनका अनुसार केलीले पनि ट्रम्पलाई साथ दिए । ट्रम्पले ठट्टामा भने, ‘त्यसो भए सारा, हिसाब बराबर । तिमी उत्तर कोरिया जाँदैछौं हामीहरुका लागि । तिम्रा श्रीमान् र बच्चाले तिमीलाई मिस गर्नेछन् तर तिमी देशका लागि हिरो बन्नेछौ । ’ साराका अनुसार ट्रम्प र केली बाटोभरी हाँसिरहे ।

 

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…