सम्झाउँदा नमानेपछि बल प्रयोग गर्न बाध्य भइयो : प्रहरी

ललितपुर : करीब चार महिनादेखि अन्योलमा रहेको मच्छेन्द्रनाथको जात्रा निषेधाज्ञा तोडेर सूचारु गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थानीय, गुठियार तथा जात्रामा सहभागीहरुले असोजमा मलमास लाग्ने भन्दै अहिले नै रथ तान्नुपर्ने अडान लिएका छन् । यसअघि जात्रा सूचारु गर्न पाऊ भन्दै स्थानीय युवाहरु प्लेकार्ड बोकेर पुल्चोकमा भेला भएका थिए।

महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार आ’न्दोलितलाई बिहानैदेखि रथयात्रा नगर्न सम्झाइएको थियो । सम्झाउँदा पनि नमानेपछि पानीको फोहरा प्रयोग गरिएको हो। राईले भने,’प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाइयो।’

जात्राको विषयमा हाल गुठी संस्थानको मुख्य कार्यालय छलफलमा भइरहेको जात्रामा सम्लग्न दिल कुमार बाराहीले जनाए । उनले भने,’ निष्कर्ष निस्किएको छैन, बैठक जारी छ ।’ लकडाउन र निषेधाज्ञाले जात्रा पटकपटक स्थगित भएकाले स्थानीय आक्रोसित बनेका छन् । जात्रामा ठूलो जमात सहभागी हुने र कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै सरकारले रोक लगाएको छ ।

निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झ’डप भएको छ। प्रहरी र स्थानीयबीच बीच झ’डप भएपछि भीड तितरवितर पार्न अश्रु ग्यास हानिएको छ।

प्रहरीले रथ तान्न तम्सेका युवाहरुलाई रोकेपछि झडप भएको हो। रथ तानेर सडकको बीच भाग पुर्‌याएको छ। ठूलो संख्यामा प्रहरी खटाइएको छ।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। असोज २ देखि मलमास सुरु हुँदैछ। यसअघि रथयात्राका लागि ललितपुरको पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए।

बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए। कुनै अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी उपस्थित गराइएको थियो। कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो।

कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।

लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो। कोरोनाका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको छ।

वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।

 

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…