लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाई भारतीय सेनाका गतिविधि सूक्ष्म रुपमा अनुगमन गर्न निर्देशन

काठमाडौं। नेपाल सरकारले लिपुलेकमा तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस क्षेत्रमा तैनाथ भारतीय सेनाका गतिविधिहरु सूक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिएको छ ।

भारत र चीनबीच सीमा वि’वाद चर्किएका बेला नेपाल सरकारले यहाँ तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएको समाचार एजेन्सी आइएएनएसले जनाएको छ । कालापानीको शीर्षमा पर्ने लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र हो ।

गत हप्ता केपी शर्मा ओली सरकारको गृह मन्त्रालयले सीमामा तैनाथ सशस्त्र प्रहरी बललाई त्रिदेशीय सीमामा अनुगमन सुरु गर्न निर्देशन जारी गरेको हो ।

लिपुलेकमा सशस्त्र प्रहरीको ४४ बटालियन तैनाथ छ । सशस्त्रले भारत र चीनबीच सम्भावित तनावलाई मध्यनजर गर्दै लामो दूरीको गस्तीको लागि आग्रह गरेको छ ।

लिपुलेकमा चीनले पनि सैनिकको संख्या बढाएको छ । उसले त्रिदेशीय सीमामा १५० सैनिकसहितको लाइट कम्बाइन्ड आर्म्स ब्रिगेड तैनाथ गरेको छ । यो ब्रिगेड गत महिनाम मात्र यहाँ आएको हो ।

चीनले सीमाबाट १० किलोमिटर दूरीमा रहेको पालामा पनि सैन्य शक्ति बढाएको छ । जुलाइमा पालानजिकै चीनले स्थानी पोस्ट स्थापना गरेर १० हजार सैनिक तैनाथ गरेको थियो । ‘२ हप्तापछि नै त्यहाँ २ हजार थप सैनिक तैनाथ गरिएका छन्’ स्रोतले भन्यो ।

भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि यसले नेपाल र भारतबीच कूटनैतिक तनाव बढाएको थियो । काठमाडौंले यो क्षेत्र आफ्नो भएको दावी गरेको थियो ।

भारतले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई सहज बनाउन निर्माण गरेको बताएको थियो । तनाव बढ्दै गएपछि नेपालले यी क्षेत्र आफ्नो भूभागभित्र समेटेर नयाँ राजनैतिक नक्सा समेत जारी गरेको थियो ।

उता भारत र चीन पनि गएको मे महिनादेखि सीमाका विभिन्न क्षेत्रहरुमा भिडिरहेका छन् । चीनले लाइन अफ एक्चुअल कन्ट्रोलका कैयौं क्षेत्रमा भारतीय भूभागभित्र प्रवेश गरेर त्यहाँको यथास्थिति परिवर्तन गरेको छ । भारतले यसमा आपत्ति जनाएको छ र भारत र चीनबीच विभिन्न तहका वार्ताहरु भइरहेका छन् ।

 

भर्खरै प्रकाशित

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…

ड्राइगन चाइनिज नाम भएको भन्दै भारतमा ड्राइगन फ्रुटको नाम परिवर्तन…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातले ड्य्रागन फ्रुटको नाम परिवर्तन गर्न खोजेको छ । ड्य्रागनले चीनलाई सम्झाउने भएकाले नाम परिवर्तन गर्न खोजिएको हो । त्यस…

भारतले सहयोगमा दिएको भ्याक्सिन नेपाल आइपुग्यो

काठमाडौं, ८ माघ । भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो…