ट्रम्पको घोषणा : भ्रष्ट डब्ल्यूएचओको नेतृत्वमा हुने कोरोना खोप खोजमा अमेरिका सहभागी हुदैन

काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेतृत्वमा हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको कुनै पनि खोजमा सहभागी नहुने बताएको छ । यो अन्तर्राष्ट्रिय पहलमा डब्ल्यूएचओ पनि रहेकाले अमेरिका यसमा सहभागी नहुने बताएको हो ।

वासिङटन पोस्टका अनुसार सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति मिलेसँगै त्यसलाई विश्वभर न्यायसंगत वितरण गर्ने पहलमा डब्ल्यूएचओको नेतृत्वमा १७२ मुलुक सहभागी छन् ।

ह्वाइट हाउसका प्रवक्ता जड डीरेले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिका भाइरसको हार सुनिश्चित गराउन आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरुसँग मिलेर काम गर्नेछ तर भ्रष्ट डब्ल्यूएचओ र चीनबाट प्रभावित बहुपक्षीय संस्थाको दबाबमा भने आउनेछैन ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीको विषयमा डब्ल्यूएचओले निर्माण गरेको निर्देशिकाबाट डब्ल्यूएचओ चीनको समर्थनमा रहेको पुष्टि हुने बताउँदै आएका छन् ।

कोरोना भाइरस, अमेरिका र ट्रम्प

महान् देश त्यत्तिकै महान् बन्दैनन्। लामो गौरवशाली इतिहास, समयसमयमा उदाउने महान् पथप्रदर्शक, दार्शनिक, दूरदृष्टि राख्ने नेताहरू, आर्थिक र सामाजिक अनि सामरिक शक्ति पहुँच, विभिन्न क्षेत्रमा दक्ष मानव संसाधन अनि गहिरो मानवताको धर्म।

यी यस्ता अनेक गुण अनि विशेषताले विश्व महाशक्ति भनेर अमेरिका चिनिएको हो। विश्वमा हुने धेरै यु’द्ध र तिनको नेतृत्व प्रत्यक्ष वा परोक्ष ढंगले गरे पनि अमेरिकाइतरको जनभावना त्यति नकारात्मक कहिल्यै भएन र सधैं अमेरिका महान् बनिरह्यो।

विभिन्न कालखण्डमा अमेरिकामा पनि विभिन्न शासक आए। कतिले गहिरो छाप राखे। सीमित भूगोल र दायरामा मात्र नभई पूरै विश्वमा अमेरिकाको महानतालाई उदाहरणीय ढंगबाट झल्काउने काम गरेर गए। समय फेरियो। शासकहरू र व्यवस्था फेरियो। आज कोरोना भाइरस र यससँगै संसार जुधिरहेका बेला अमेरिका आफैंले भोगिरहेको दुर्दशा र कन्तबिजोक हेर्नलायक छ।

देशभित्रको भयावह र दयनीय अवस्था वर्तमान अमेरिकाको वास्तविक चित्र हो। यसको जिम्मेवार अमेरिकाका शासक नै हुन्।
प्रोफेसर नोम चोम्स्कीका शब्दलाई सापट लिँदा अमेरिका आज ‘सोसियोपेथिक बफन’ का हातमा छ, जसले हामी, संसार अनि मानव सभ्यतालाई गहिरो अन्धकारतर्फ धकेलिरहेको छ।

संसारले कोरोना भाइरसजस्ता महामारी धेरैपल्ट भोग्यो। स्पेनिस फ्लु १९१८ होस् या १९५७–१९५८ को एसियन फ्लु होस् या १९६८–६९ को हङकङ फ्लु होस्, हरेक महामारीमा मानवीय सहायताका लागि पुर्‍याएको योगदानले अमेरिकालाई अमेरिका बनाएको थियो।

चाहे सन् १९४५ मा खोप ल्याएर होस् या १९५४ तिर सुई र सिरिन्ज बनाएर, लाखौं जीवनका लागि अमेरिकाले पुर्‍याएको योगदानले साँच्चिकै अमेरिका बनेको थियो। विडम्बना, अमेरिका अहिले नाफा र व्यापार तथा आफ्नो स्वार्थ र सत्ताबाहिर अरू केही देख्न नसक्ने मानवताको धर्म शून्यप्रायः भएको अराजक शासकका हातमा पर्न गयो। यसले अमेरिका मात्र नभई पूरै संसारलाई अन्धकारको महाभुमरीमा जुनसुकै बेला जाक्न सक्छ।

विशाल अर्थतन्त्र भएको मुलुकले आफ्नै आन्तरिक समस्या सुल्झाउन नसकिरहेको अवस्था, शासकले अर्थतन्त्र र व्यापारबाहेक मानवताका मूल्यमान्यतालाई तिरष्कार गरिरहेको वर्तमान परिस्थितिले अमेरिकाप्रतिको दृष्टिकोण दिनानुदिन बदलिरहेको छ। यो वितृष्णा झन् व्यापक बन्दै छ।

कोरोनाले युरोप विशेषगरी इटली आक्रान्त भइरहेको अवस्थामा अमेरिकी नाकाबन्दीले थिलथिलो भएको क्युबाले मानवीय सहायता गर्नु र अमेरिका मूकदर्शक भएर हेर्नुपर्ने बाध्यतामा पुग्नु, चीनले कोरोनाविरुद्ध संघर्ष गरिरहेका देशलाई सहयोग पुर्‍याइरहँदा अमेरिका अनि ट्रम्प गैरजिम्मेवार भएर बेवास्ता गर्नु र बेतुकका टिप्पणीमा लाग्नुले अमेरिकाको विश्वशक्ति र पहुँच विस्तारै खुम्चिरहेको संकेत गरिरहेको छ। यो अमेरिकाको ओर्लंदो ग्राफ अझै द्रूतगतिमा ओरालो लाग्नमा विशेष ट्रम्प जिम्मेवार देखिन्छन्।

सुसन फिन्लेलाई फ्लुजस्तो लक्षण देखियो तर उनी डाक्टरकहाँ गइनन्। किनभने उनी तिर्नुपर्ने उपचार खर्चदेखि डराइन्, फलस्वरूप उनका अभिभावकले उनलाई आफ्नो अपार्टमेन्टमा मृ’त अवस्थामा फेला पारे।

उनी ५३ वर्षकी थिइन्— द गार्डियन। वास्तवमा उनको मृ’त्यु हुनुमा महामारी मात्र जिम्मेवार छैन; अमेरिकाको हेल्थकेयर प्रणाली जिम्मेवार छ। यस्ता धेरै फिन्लेहरू अमेरिकाले गुमाएको छ। वास्तवमा यो महामारीले अमेरिकाको वर्तमान अवस्थालाई विश्वसामु उदांगो पारिदिएको छ।

यसरी देशभित्रको यो भयावह र दयनीय अवस्था वर्तमान अमेरिकाको वास्तविक चित्र हो। यसको जिम्मेवार अमेरिकाका शासक नै हुन्। आजका दिनमा यस्तो टिठलाग्दो अवस्थाको जिम्मेवार वर्तमान शासक नै हुन्।

अमेरिकाभित्र समस्या अझ जटिल आकलन गर्नुपर्छ। किनभने यस्ता महामारीमा विश्वको ठूलो अर्थतन्त्र भएको मुलुकको शासक ह’तियार र मिसायलको धक्कु लगाएर खोक्रो दम्भ देखाइरहेका छन्।

तर मानवता वा मानव जीवन रक्षार्थ खोज र अनुसन्धान गर्ने संस्था र त्यसको एड्भान्समेन्टका लागि पहल गरेको देखिएन। बरु रक्षा बजेट बढाइयो। लोककल्याणभन्दा सीमित वर्गको नाफा या व्यापारिक फाइदामा जोड दिइयो।

जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्र निजी नाफाखोरको हातमा सुम्पियो। परिणाम, आज ट्रम्पले रसियासँग र अन्य देशसँगै कोरोनाको खोप र थप औषधिका लागि मुख ताक्नुपर्ने अवस्थामा पुग्दा देखियो।

अहिलेको अवस्था हेर्ने हो भने अमेरिकाको कुल गार्हस्थ उत्पादन वार्षिक ३२.९ प्रतिशतले गिरावट आएको छ र यो गिरावट सन् १९४७ पछिको सबैभन्दा ठूलो हो। बेरोजगारको संख्या तीन करोडमाथि छ र यो संख्या दिनानुदिन बढ्दो क्रममा छ।

कुनै समय थियो– सन् २०१६ मा मेक अमेरिका ग्रेट एगेन भन्दै चुनाव जितेर सत्तामा पुगेका ट्रम्प आगामी आसन्न चुनावमा पनि मेक अमेरिका ग्रेट एगेन भन्दै मतदातासमक्ष लम्पसार पर्दैछन्। यिनले अमेरिकालाई कति महान् बनाए कोरोना भाइरससँगै संसारसामु उदांगो भयो।

 

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…