प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्या’क

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्या’क भएको छ। व्यक्तिगत वेबसाइटसँग जोडिएको उनको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्या’क भएको हो।

ह्या’करले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका छन्। ट्वीटमा भारतले क्रिप्टोकरेन्सी सुरुवात गरेकाले त्यसमार्फत् दान गर्न भनिएको छ। ‘अहिले भारतले क्रिप्टोकरेन्सी सुरु गरेको छ’, ट्वीटरमा भनिएको छ, ‘कोभिड–१९ का लागि म तपाईँ सबैसँग प्रधानमन्त्री राष्ट्रिय राहत कोषलाई यसमार्फत् दान गर्न अपील गर्दछु।’

भेरिफाई भएको उक्त अकाउन्टमा २५ लाख फलोअर रहेका छन्।

प्रधानमन्त्री मोदीको ट्वीटर ह्या’क भएकोबारे अनुसन्धान भइरहेको ट्वीटरका प्रवक्तालाई उद्दृत गर्दै बीबीसीले जनाएको छ। ‘सक्रियताका साथ हामी अनुसन्धान गरिरहेका छौँ’, ट्वीटरले भनेको छ, ‘यस समयमा कुनै थप अकाउन्टमा असर परेको जानकारी छैन।’ अहिले भने प्रधानमन्त्री मोदीको व्यक्तिगत वेबसाइटमा ६ करोड १८ लाख फलोअर भएको ‘नरेन्द्र मोदी’ ट्वीटर अकाउन्ट लिंक भएको छ।

ह्या’करले हाई प्रोफाइल भएका व्यक्तिको ट्वीटर अकाउन्ट ह्या’क गर्दै आइरहेका छन्। यसअघि अमेरिकी राष्ट्रपतिको चुनावका उम्मेदवार जोय बाइडन, पूर्वराष्ट्रपति बाराक ओबामा लगायतका ट्वीटर पनि ह्या’क गरिएका थिए।

भर्खरै प्रकाशित

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…

चीन जिम्मेवार देखिएन, यस्तै पाराले त चीनसँग व्यापार गर्न सकिँदैन…

काठमाडौं । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन् । उनले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार…

उदयपुरकी बैअबु राई फेसबुक हेडक्वाटरकाे सिनियर सफ्टवेयर इन्जिनियर, मासिक तलव…

काठमाडौँ।  मानिसहरुको दैनिक जीवनको एउटा पद्धति नै बनिसकेको सामाजिक सञ्जाल ‘फेसबुक’को हेडक्वाटर (मुख्यालय)मा एकजना नेपाली चेली ‘सिनियर सफ्टवेयर इन्जिनियर’को रुपमा प्रवेश गरेकी छन् । उदयपुरस्थित…

करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो…

केपी ओलीले लडाइँ हारिसके अब भित्तामा पुर्‍याइदिन्छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्। मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा…