कोरोना रिपोर्ट नेगेटिभ आएको खुसीयालीमा वडाध्यक्षले मोटरसाइकल ऱ्याली निकाल्दा झ’डप, दुवै पक्षका ७ जना घा’इते

रौतहट । रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणमुक्त भई घर फर्केको खुसीयालीमा गाउँमा मोटरसाइकल र्‍याली निकाल्दा मंगलबार राति झ’डप भएको छ । निषेधाज्ञाको अवज्ञा गर्दै उनले ठूलो संख्यामा र्‍याली निकालेपछि स्थानीय नागरिकसँग झ’डप भएको हो ।

कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको खुसीयालीमा २० वटा मोटरसाइकलमा ४० जना जतिको समूहमा र्‍याली निकालेका वडाध्यक्ष अन्सारीको समूह र स्थानीयबीच राति झडप भएको हो ।

उनले गाउँमा र्‍याली निकाल्दा स्थानीयले ढुंगामुडा गरेका थिए । झडपमा दुवै पक्षका ७ जना घा’इते भएको इलाका प्रहरी चन्द्रनिगाहपुले जनायो ।

वडाध्यक्ष अन्सारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो । एक सातापछि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

त्यसैको खुसीयाली मनाउन ६ नम्बर वडाको खतवैया गाउँमा मोटरसाइकल र्‍याली गरिरहेको अवस्थामा स्थानीयले विरोध गर्दा दुवै पक्षबीच ढुंगा हा’नाहा’न भएको इलाकाका डीएसपी हेमबहादुर शाहीले बताए ।

घा’इतेको स्थानीय मेडिकल र केहीलाई चन्द्रपुर अस्पताल ल्याइएको छ । स्थिति नि’यन्त्रणमा लिन इलाका प्रहरीबाट इन्सपेक्टर नितेश सिंहको कमान्डमा थप सुरक्षाकर्मी खटिएको छ । वडाध्यक्ष अन्सारीले निषेधाज्ञाको उल्लंघन गर्दै ठूलो जमातमा र्‍या’ली गर्न थालेपछि आफ्नै वडाका मानिसहरु आ’क्रोशित भएका थिए ।

इलाका प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन् । उनीहरुको निधार, हात र दाँतमा चोट लागेको छ ।

झडपमा स्थाानीय जयदा खातुन, शेष नसिब घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरीले राति नै केहीलाई प’क्रेर अनुसन्धान थालेको छ ।

 

भर्खरै प्रकाशित

केपी ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने खेलमा छन् :…

काठमाडौं। नेकपाभित्र फेरि पुरानै विवादको आगो सल्किँदैछ। यसअघि प्रधानमन्त्रीको राजीनामा मागिँदा पार्टी फुटाउने, संसद भंग गर्नेजस्ता काममा ओली अग्रसर भएसँगै विवाद समाधान गर्न एउटा कार्यदल…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…