१७ भदौ, काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झ’डपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृ’त्यु भएको छ ।
द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झ’डपमा परी उनको मृ’त्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झ’डप भएका थिए ।
पछिल्लो समय चीन र भारतीय सीमामा त नाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झ’ड’पमा परी कम्तीमा २० भारतीय सैनिकको मृ’त्यु भएको थियो । त्यसयता त नाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झ’डप भएका हुन् । यो झ’डप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दो’ष दिँदै आएका छन् ।
दुवै पक्षले आधिकारिक रुपमा यो झ’ड’पमा भएको ह’ताह’तीको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झ’ड’पको क्रममा मृ’त्यु भएको बताएकी छन् ।
पछिल्लो समय त’नाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा ह’जारौं सै’निक खटाएका छन् ।
अमेरिकासँग व्यपार सम्झौता गर्दै भारत
संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ ।
भारतका केन्द्रीय बाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले दुई देशबीचको व्यापार सम्झौताका सन्दर्भमा अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरसँग निकट सम्पर्कमा रहेको मंगलबार बताएको छन् ।
अमेरिका–भारत रणनीतिक साझेदारी मंचको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले भने, “व्यापार सम्बन्धी पूरै प्याकेज लगभग तयार भइसकेको छ र यसलाई कुनै पनि समय अन्तिम रुप दिन सकिनेछ । भारतको विचारमा यो प्याकेजले दुबै मुलुकको जितलाई प्रतिबिम्बित गरेको छ ।”
मन्त्री गोयलले अगाडि भने, “मैले अमेरिकी व्यापार प्रतिनिधि लाइटिजरसँग विचारविमर्श गरेको छु । हामी दुबैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको छ । हामी भोलि नै यो सम्झौता गर्न पनि तयार छौं ।”
उनले व्यापार सम्झौताले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई अझ प्रगाढ र गहिराईमा लैजान मद्दत गर्ने बताए । मन्त्री गोयलले दुबै मुलुकबीचको समझदारी अभिवृद्ध हुँदै गएमा आगामी दिनमा भारत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।