कतार सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि राजदूत भारद्वाजद्वारा कृतज्ञता प्रकट

काठमाडौं। कतार सरकारले निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेकोप्रति कतारका लागि नेपाली राजदूत डा. नारद भारद्वाजले कृतज्ञता व्यक्त गरेका छन् ।

उनले एक वक्तव्य जारी गर्दै कतार सरकारको यो निर्णयलाई ‘अग्रगामी पहल’ भनेका छन् । उनले रोजगारी परिवर्तनको लागि पहिलेको रोजगारदाताबाट नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था हटाइनुले कामदारको काम रोज्ने स्वतन्त्रता सुनिश्च्ति गरेको पनि बताएका छन् ।

राजदूत भारद्वाजले लेखेका छन् ‘कामदारहरूको न्यूनतम ज्याला बढाउने कतार सरकारको निर्णय अग्रगामी पहल हो । जसले मजदुर समुदायमा रहेको लामो समयदेखि गुनासो सम्बोधन गरेको छ ।

त्यस्तै, कामदारहरूले रोजगारी परिवर्तन गर्नका लागि उनीहरूको रोजगारदाताबाट एनओसी लिनु पर्ने आवश्यकता खारेज गरेपछि कामदारको रोजगारी छनौट गर्ने स्वतन्त्रता सुनिश्चित भएको छ ।

नेपाली कामदारका तर्फबाट म महामहिम स्टेट्स अफ कतारका अमीरप्रति श्रमको मर्यादा अभिवृद्धि गर्न ऐतिहासिक कदम चालेकोमा कृतज्ञता ज्ञापन गर्दछु ।’

आइतबार कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ ।

त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने छ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरेको छ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…