सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड, साढे ८ विघा जमिनमा सर्प पालेर विष उत्पादन गरिने

काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

पन्तका अनुसार झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारसँग ७२ करोड रुपैयाँको सम्झौता गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको पन्त बताउँछन् ।

सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत खरिद गरिएको पन्तले बताए । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले जानकारी दिए । अब असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनले बताए ।

अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने पन्तले अनलाइनखबरलाई बताए । सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने उनले योजना सुनाए ।

विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्या’न जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ ।

अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयले लाखौं रुपैयाँ खर्च गरेर गरेको एक अध्ययनमा नेपालमा ‘एन्टी स्नेक भेनम’ बनाउन नसकिने निकर्ष निकालेको पनि नेकपा सर्लाहीका नेता पन्तले सुनाए ।

यसरी जन्मियो झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान

पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०७० सालमा इलाम र सर्लाही दुई ठाउँबाट संविधानसभाको चुनाव लडेका थिए । उनले सर्लाहीमा जितेनन् । तर, त्यहीँबाट ‘विषालु सर्प’सँग खनालको नाता जोडियो ।

विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृ’त्यु भएको घटना नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा थाहा पाए । त्यही घटनाबाट उद्धेलित भई नेपालमा स’र्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखी २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को जन्म भयो ।

अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले यो प्रतिष्ठान हाँकिरहेका छन् ।

तत्कालीन एमालेमा मृ’त्यु भइसकेका नेताका नाममा प्रतिष्ठान बन्ने होडबाजी चलिरहेकै छ । मदन भण्डारी र पुष्पलालका नाममा एकपछि अर्को संस्था जन्मिएका छन् । नेता खनालले चाहिँ आफू जिउँदै हुँदाखेरि आफ्नै नाममा प्रतिष्ठान बनाएर सर्पदंश उपचारको प्रोजेक्ट अघि बढाएका छन् ।

‘जीवित नेताका नाममा पनि यसरी प्रतिष्ठानहरु बनाउने चलन विदेशमा रहेछ,’ झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष पन्तले अनलाइनखबरसँग भने, ‘खनालले पनि आफू जिउँदै हुँदा संस्थाको जग तयार भएको हेर्न चाहनुभयो र उहाँकै नाममा यो प्रतिष्ठान स्थापना भयो ।’

 

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…