काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् ।

उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ ।

तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको छ ।

‘केही सम्भावनाबारे छलफल भएको छ, निष्कर्ष आइसकेको छैन’, ललितपुरका सीडीओ भट्टले अनलाइनखबरसँग भनेका छन् । अर्का एक प्रमुख जिल्ला अधिकारीले भने मोडालिटी तय गरेर गृह मन्त्रालयमा पेश गर्ने निर्णय भएको अनलाइनखबरलाई बताए ।

हालसम्म भएको छलफलअनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ । ‘निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने भन्ने छ’, एक अधिकारीले अनलाइनखबरसँग भने ।

तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि नै हुनेछ । ‘हामी एकखाले निर्णयमा पुगिसकेका छौं, भोलि यसबारे गृहमा छलफल गरेर निर्णय हुन्छ’, काठमाडौंका सीडीओ दाहाल भन्छन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

दोस्रो पटक निषेधाज्ञा थप्ने निर्णय पनि निषेधाज्ञा सकिने दिन मात्र गरिएको थियो ।

 

भर्खरै प्रकाशित

कमला ह्यारिसले लगाइन् प्रबल गुरूङले डिजाइन गरेको कोट

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्। भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको…

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…