चीनको कडा चेतावनी : भारतले गलवानबाट पाठ सिकेन, अब १९६२ को भन्दा धेरै वि’नाश हुन्छ

काठमाडौं। भारत र चीनबीच पेगोंग तालमा भएको झ’डपपछि चीनले भारतलाई आफूसँग प्रतिस्पर्धामा नउत्रिन चेतावनी दिएको छ । चीनले आफूसँग प्रतिस्पर्धामा उत्रिए चीनको जनमुक्ति सेना भारतलाई अतीतमा भन्दा धेरै क्षति पुर्याउन सक्षम रहेको बताएको छ ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भारतीय सेनाले नै पहिले वि’ध्वंशक कदम उठाएको र भारतले नै पहिले सं’घर्ष सुरु गरेको भन्दै आफ्नो घरेलु समस्याबाट ध्यान मोड्न चीनसँग संघर्षमा उत्रिएको बताएको छ ।

ग्लोबल टाइम्सले लेखेको छ ‘भारत आफ्नो घरेलु समस्यासँग जुधिरहेको छ । कोरोनाभाइरसको स्थिति नि’यन्त्रण बाहिर छ । आइतबार भारतमा कोरोनाभाइरस सं’क्रमणका नयाँ केस ७८ हजार पुगेका छन् । अर्थव्यवस्थाको स्थिति पनि खराब छ । सीमामा उक्साउने गतिविधिहरु गरेर भारत आफ्ना घरेलु समस्याबाट ध्यान मो’ड्न चाहन्छ ।’

भारतले शक्तिशाली चीनको सामना गरिरहेको कुरालाई ध्यान दिनु जरुरी रहेको बताउँदै ग्लोबल टाइम्सले पिपुल्स लिबरेशन आर्मी देशको एक–एक इन्च जमिनको सुरक्षा गर्न प्रयाप्त रहेको बताएको छ ।

चीन दािण पश्चिम सीमा क्षेत्रमा बलियो भएको र कुनै पनि स्थितिको लागि तयार रहेको बताउँदै ग्लोबल टाइम्सले भारतले सह अस्तित्व चाहेमा स्वागत गर्ने र भारतले कुनै किसिमको चुनौती दिएमा चीनसँग भारतसँग भन्दा धेरै ह’ति’यार र क्षमता भएको प्रस्ट पारेको छ ।

ग्लोबल टाइम्सले अगाडि लेखेको छ ‘यदि भारतले सैन्य क्षमता प्रदर्शन गर्छ भने पिएलएले भारतीय सेनालाई १९६२ मा भन्दा धेरै नोक्सानी पुर्याउनेछ ।’

पछिल्लो सं’घर्षले भारतले गलवान घाटीमा भएको सं’घर्षबाट पाठ नसिकेको देखिएको बताउँदै उसले २०१७ मा डो’कलाम संघर्षपछि चीन र भारतबीच तनावपूण स्थिति बनेको र यही स्थिति रहेमा सीमामा साना ठूला संकट सामान्य हुने र यसको लागि दुवै देश तयार रहनुपर्ने चेतावनी दिएको छ । चीन भारतभन्दा कैयौं गुणा शक्तिशाली भएको र दुई देशबीच कुनै तुलना नभएको बताउँदै चीनले भारतको भ्रम अन्त्य गर्नुपर्ने बताएको छ ।

 

भर्खरै प्रकाशित

कमला ह्यारिसले लगाइन् प्रबल गुरूङले डिजाइन गरेको कोट

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्। भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको…

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…