चीनले मानसरोवर क्षेत्रमा तैनाथ गरेको मि’साइल केही सेकेन्डमै सजिलै दिल्ली पुग्नसक्छ !

एजेन्सी । चीनले तिब्बतस्थित कैलाश मानसरोव क्षेत्रमा शक्तिशाली मि’साइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भर्खरै खिचिएका सेटेलाइट तस्बिरहरुमा कैलास मानसरोवर ताल नजिकै एक मि’साइल साइट निर्माण गरिएको र त्यहाँ शक्तिशाली मि’साइलहरु तैनाथ गरिएको भारतीय सञ्चारमाध्यामहरुको आरोप छ ।

दि इपोक टाइम्सलाई उदृत गर्दै हिन्दी जागरण डटकमले लेखेको छ- ‘चीनले विकास गर्दै लगेको मिसाइल र तैनाथी छिमेकीहरुसँग सम्बन्ध भ’ड्काउने रणनीतिको अर्को चरण हो ।’ चीनको यो कदमले भारतसँगको सीमा सम्बन्ध अझ त’नावपूर्ण बनाउन सक्ने जनाइएको छ ।

‘ओपन सोर्स इन्टिेलिजेन्सले खिचेको तस्बिरका अनुसार चीनले कैलाश मानसरोवर क्षेत्रमा आफ्नो सैनिक परिचालन गरेको मात्र छैन, उसले मानसरोवर नजिकै एक मि’साइल साइट पनि निर्माण गर्दैछ ।

यो कदमले चीनले सीमानामा शान्ति नचाहेको देखिँदै गएको छ’ जागरणले लेखेको छ । त्यस्तै भारतको रायपुरस्थित पण्डित रविशंकर शुक्ला विश्वविद्यालयका रक्षा प्रध्यापक गिरीशकान्त पाण्डेले दि इपोक टाइम्ससँगक टेलिफोन वार्तामा कैलास मानसरोवरको मिसाइल बेस चीनको तिब्बत स्वायत्त क्षेत्रको व्यापक सै’न्यकरणको नीति अन्तर्गत नै निर्माण भैरहेको दाबी गर्नुभएको सो पत्रिकाले जनाएको छ ।

कैलास मानसरोवर छेउमा अहिले डिएफ २१ मिसाइल राखिएको जनाइएको छ । यो मध्यम खालको ब्यालिष्टक मि’साइल हो, जसले २२ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्छ । यसले भारतीय राजधानी नयाँदिल्लीसहित उत्तर भारतका सबै प्रमुख शहरहरुसम्म पुग्न सक्ने क्षमता राख्दछ ।

कैलास मानसरोवर ताललाई भगवान शिवको घर भनेर चिनिन्छ । भारतीयहरु यो क्षेत्रलाई ठूलो धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रको रुपमा मान्ने गर्छन् । तिब्बती बौद्ध धर्माबलम्बीहरुले यो पर्वतलाई राजा रिम्पोचे भन्ने गर्छन् ।

त्यस्तै जैन धर्माबलम्बीहरुले यसलाई अष्टपद माउन्टेनका रुपमा हेर्ने गर्छन् । जहाँ उनीहरुका २४ धर्मगुरुहरुले पहिलोपटक धार्मिक ज्ञान प्राप्त गरेका थिए ।

यस्तो धार्मिक स्थलमा मि’साइल तैनाथ गरेको भन्दै भारतीय सञ्चारमाध्यामहरुले चीनको चर्को आ’लोचना गरिरहेका छन् । यो मिसाइलको साइट चीनबाट बग्ने चार ठुला नदीहरु सिन्धु, ब्रम्हपुत्र, सतलज र कर्णालीको उद्गमस्थल हो ।

पाण्डेका अनुसार चीनले भारतीय सीमामा सन् २००६ देखि २०१० का बीच १८० वटा रणनीति परियोजना सुरु गरिसकेको थियो । जसमध्ये ४ वटा ठुला एयर स्ट्राइप्स, १४ वटा साना एयर स्ट्राइप र १७ वटा रडार स्टेशनहरु पनि पर्छन् । उनले चीन यी मिसाइलहरुमार्फत भारत र हिन्द महासागरलाई लक्षित गर्न गरिरहेको दाबी गरे ।

उक्त मि’साइल साइट भारतको उत्तराखण्डको पिथौरागढबाट १०० किलोमिटरको दूरीमा पर्दछ । चीनले यदि दुई देशबीचको सीमामा मि’साइल ह’मला गरिहाल्यो भने उसले केही सेकेन्डमै भारतमा मि’साइल हा’न्न सक्छ । चीन र भारतबीच अहिले पूर्वी लद्धाखमा त’नाव जारी छ । केही महिनाअघि ल’द्धाखमा २ देशका सेनाबीच भएको भी’डन्तमा थुप्रै भारतीय से’ना मा’रिएका थिए ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…